चितवन विशेष

भरतपुरको उजेलीनगरमा ग्यास चुहिएर पाँच जना घाइते

Banner

चितवन असार ३०-

भरतपुर महानगरपालिका–१३ मा ग्यास चुहिएर आगलागी हँुदा पाँच व्यक्ति जलेर घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उजेलीनगरस्थित शिवप्रसाद पौडेलको घरमा काम गर्ने मानिसहरुले खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा भारतको वेतिया घर भएका पाँच जना घाइते भएका हुन् । घाइते हुनेमा भारतको वेतियाका १८ वर्षीय विकास कुमार, १५ वर्षीय विकास कुमार, २२ वर्षीय शिव कुमार, २५ वर्षीय मनोज पासवान र २२ वर्षीय इन्द्रदेव पासवान गरेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पौडेलको घर डेरा गरी बस्ने उनीहरुले खाना बनाउने क्रममा ग्यास चुहिएको थियो ।स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area