क्रिकेट

विश्वकप फाइनलः न्यूजिल्याण्डद्धारा इङल्याण्डसामु २४२ रनको लक्ष्य पेश

Banner

काठमाडौं, असार २९–

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि अहिले घरेलु टोल इङल्याण्ड र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

लर्डसमा टस जितरे पहिले व्याटिङ गरेको न्यूजिल्याण्डले इङल्याण्डसामु २४२ रनको लक्ष्य पेश गरेको छ । खराब सुरुवात गरेको न्यूजिल्याण्डले सम्हालिएर व्याटिङ गर्दै ८ विकेटको क्षतिमा २४१ रन बनायो । उसका लागि निकोलसले ५५ रनको अर्धशतकिय पारी खेले । लाथमले ४७ र कप्तान केन विलिम्यसनले ३० रन बनाए भने अन्य व्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

इङल्याण्डका लागि वोकस र फ्लुङकेटले समान ३/३ विकेट लिए भने वुड र आर्चरले एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>