चितवन विशेष

नारायणगढ–मुग्लिन सडकः दुई कार ठोक्कियो, छ जना घाइते

Banner

चितवन, असार २९–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा दुई कार एकआपसमा ठोक्किदा छ जना घाइते भएका छन् ।

आज (आइतबार) दिउँसो ३ः५० बजेको समयमा भरतपुर महानगरपालिका–२९ सेतीदोवानमा मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा ८ च २५१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको बा १२ च ६२७१ नम्बरको कार एकआपसमा ठक्रक खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुवै कारका गरी छ जना घाइते भएका हुन् । घाइते हुनेमा बा १२ च ६२७१ नम्बरको कारमा सवार भरतपुर १८ बस्ने वर्ष ४५ का सोमबहादुर सुनार, भरतपुर ६ बस्ने वर्ष ४१ का राजकुमार विक, सोही स्थानका वर्ष ४ की सृष्टि विक, वर्ष ३७ की लक्ष्मी विक, वर्ष ४४ की देबु सुनार रहेका छन् । उनीहरु सबैको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

यस्तै बा ८ च २५१६ नम्बर कारमा सवार भरतपुर–११ बस्ने वर्ष ७१ की श्रीमया बोहरा पनि घाइते भएकी छिन् । मध्यम अवस्था रहेको उनको पनि पुरानो मेडिकल कलेजमा उपचार भरहेको छ । प्रहरीले बा ८ च२५१६ नम्बरको कार चालकलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area