जोडिनुहोस
  • होमपेज
  • भूपिनको मैदारो उपन्यासले पायो खेमलाल साहित्य पुरस्कार

भूपिनको मैदारो उपन्यासले पायो खेमलाल साहित्य पुरस्कार

चितवन, असार २९-

चितवनका कवि तथा उपन्यासकार भूपिनको नयाँ उपन्यास मैदारोले यस वर्षको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार प्राप्त गरेको छ ।

२०६ औं भानु जयन्तीको अवसर पारेर भूपिनलाई चितवन साहित्य परिषद्ले सो पुरस्कार समर्पण गरेको हो । सामाजिक विषयवस्तुमा आधारित मैदारो भूपिनको पछिल्लो उपन्यास हो । उनलाई ५० हजार ४५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

चितवन साहित्य परिषद्को आयोजना तथा नारायणी कला मन्दिरको सहआयोजनामा भएको सो कार्यक्रममा चितवन कर्मथलो बनाई नेपाली साहित्यमा विशेष योगदान पु¥याउने गजलकार पुष्प अधिकारी अञ्जलीलाई ११ हजार ४५ नगद राशीको चिसाप प्रतिभा पुरस्कार–२०७५ प्रदान गरिएको छ । त्यस्तै ‘चितवनको साहित्यमा चिसापको योगदान’ विषयमा शोधपत्र तयार गर्ने स्रष्टा बालकृष्ण थपलियालाई चिसाप साहित्य सम्मान–२०७५ ले पुरस्कृत गरिएको छ । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि साहित्यकार केदारनाथ खनालले चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकारहरु गोविन्दराज विनोदी, प्रेमविनोद नन्दन, सरिता तिवारी, प्रकाशबाबु खनाल, डीजी शर्मा, गुराँस ठकुरीलगायतले कविता पाठ गरेका थिए ।

कार्यक्रममा क्यानडा बस्दै आएका कवि केशवमोहन अधिकारीको कविता संग्रह ‘ऐँजेरु’ विमोचन गरिएको थियो । कार्यक्रममा साहित्यकार निर्मोही ब्यासले आदिकवि भानुभक्त आचार्यले भाषिकरुपमा नेपालीहरुलाई एकताको सूत्रमा बाँध्ने काम गरेको बताए । चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन र नवलपरासीका साहित्यिक स्रष्टाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका