समाचार

पाल्पामा अस्पतालबाट शिशु चोर्ने महिला स्याङ्जाबाट पक्राउ

Banner

बुटवल,असार २८-

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो ।

शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।  बच्चाको अवस्था सामान्य छ ।

चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area