देश/प्रदेश

हतियार देखाएर जापानी नागरिकको दुई लाख नगद लुटपाट

Banner

काठमाडौं असार २७-

काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको रु दुई लाख आज लुटपाट भएको छ ।

उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराहरुको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>