चितवन विशेष

नारायणीमा पानीको बहाब बढ्न सक्ने, सतर्कता अपनाउन आव्हान

Banner

चितवन, असार २६-

बाढी पूर्वानुमान महाशाखाले चितवनको नारायणीलगायत देशैभरका नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

आज जारी बाढी सूचनामा बिहान ७ बजेको मापन अनुसार देशका सबै नदीहरु बढ्दो क्रममा रहने भएकाले जोखिम रहेको जनाएको हो । यसैगरी, मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले निरन्तर वर्षाको क्रम अझै केही दिन रहने भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।

आज बेलुकीपछि कन्काई, सप्तकोसी, तमोर, दूधकोशी, सुनकोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा बहाब उच्च हुने महाशाखाले पूर्वानुमान गरेको छ । नदीनालाहरु निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता तह पनि पुग्ने सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, देशैभरीका पहिरोग्रस्त पहाडी क्षेत्रहरु भएर बग्ने स–साना खोलाहरुमा पहिरो–लेदोसहित आकस्मिक बहाबको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । जसको प्रत्यक्ष असर नारायणी नदीमा पनि पर्न सक्ने देखिन्छ ।

महाशाखाले विशेषगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५,६ र ७ को तराईका होचा स्थानहरु डुबानमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area