Uncategorized

दार्चुलामा  एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले गरे आत्माहत्या

Banner

दार्चुला,असार २४-

दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्।

उनीहरु महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका थिए।

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी पर्छन् । मनिसाको विवाह भइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area