नवलपुर

भेडाबारी वनका उपभोक्तालाई उद्घोणकला तालीम

Banner

गैंडाकोट, असार २२–

भेडाबारी सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताका लागि प्रदान गरेको तीन दिने उद्घोषणाकला तथा नेतृत्व विकास तालीम आज (आइतबार) सकिएको छ । तालीममा विभिन्न टोल सुधार समिति, आमा समूहका अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका वडा नम्बर ११ का वडाअध्यक्ष गोविन्द सुबेदीले तालीमले सीप र जुक्ति सिकाउने भएकाले सिकेको सीपलाई उपयोग गर्न प्रशीक्षार्थीहरुलाई अनुरोध गरे । उनले तालीमले वाककलाको मात्र विकास नगराएर नेतृत्व विकास पनि गराउने बताए । तालीम पश्चात उपभोक्तहरुमा बोल्ने बानीको विकास हुनेमा विश्वास ब्यक्त गरेका छन् ।

कार्यक्रममा सब डिभिजन वन कार्यालय प्रमुख ज्योती कोइराला, प्रशिक्षार्थी रोमकुमारी महतो, तालीमका प्रशिक्षक हिमालदेव पंगेनीलगायतले मन्तव्य व्यक्त गरेका थिए । तालीममा ३० जना प्रशिक्षार्थी सहभागी थिए । सहभागीहरुलाई पत्रकार पूर्ण शर्मा, हिमालदेव पंगेनी र असिफ गुरुङले सहजीकरण गरेका थिए ।

जिल्ला वन कार्यालयमा २०६३ सालमा दर्ता भएको वन वैज्ञानिक वनका रुपमा विसं २०७३ मा घोषणा भएको हो । ३९१ वर्ग हेक्टर क्षेत्रफलमा फैलिएको वनका एक हजार दुई सय २९ जना सदस्य रहेका छन् । यो वन गैंडाकोट नगरपालिका वडा नं ११ र १२ मा फैलिएको छ ।

समापन कार्यक्रम भेडावारी सामुदायिक वन उपभोक्ता समूह भेडावारीका अध्यक्ष गुरुप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>