चितवन विशेष

चितवनकी ताराको अनौठो प्रेम कहानी: प्रेमी पूर्वडीआईजी भेट्न डिल्लीबजार सदरखोरमा

Banner

चितवन, असार २२-

चितवनकी तारा रेग्मी यतिबेला विभिन्न मिडियाहरु माझ चर्चित बनेकी छन् ।

ललितपुरको धोबीघाटस्थित रेडरोज इन्टरनेसनल मेनपावर सञ्चालन गर्दै आएकी तारा श्रीमतीको हत्यामा डिल्लीबजार सदरखोरमा जेल सजाय भोगिरहेका पूर्व डीआईजी रञ्जन कोइरालाकी प्रेमिका हुन् । आफ्ना प्रेमी जेलमा रहँदा पनि उनी कोइरालालाई भेट्न तारा बेलाबेला कारागारसम्म पुग्ने गरेकी छन् । ‘केही वर्षअघिसम्म तारा नियमित आउँथिन् । हिजोआज भने केही दिनको अन्तरमा आउँछिन्,’ कारागार स्रोतले भन्यो । जिल्ला अदालत काठमाडौंले कोइरालालाई जन्मकैद फैसला सुनाएपछि २०६८ सालदेखि कैद सजाय भुक्तान गरिरहेका कोइरालाले अझै १२ वर्ष कैद जीवन भुक्तान गर्नुपर्नेछ । तर, उनको जेलको अध्यारो कोठामा पनि तारा विभिन्न उपहारका सामग्री बाकेर नियमित पुगिरहन्छिन् । आफ्नी श्रीमती गीता ढकाललाई जिउँदै झलाएर हत्या गर्ने पूर्वडीआईजी र ताराबीचको प्रेम सम्बन्धलाई कारागारका कर्मचारीले अनौठो प्रेमसम्बन्ध मानेका छन् ।

त्यस्तै, श्रीमती गीता ढकालको हत्या गरेर जन्मकैद सजाय भुक्तान गरिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला जेलभित्र अध्ययनशील कैदीका रुपमा पनि परिचित भएका छन् । उनकी प्रेमिकाले उनलाई विभिन्न पुस्तकहरु लैजाने गर्छिन् । जेलभित्र सधैंजसो धार्मिक वस्त्र लगाउने कोइराला आध्यामिक पुस्तक पढ्नुको साथै ध्यानमा समेत बस्ने गरेका छन् । अरु कैदीबन्दीसँग खासै बोलचाल नगर्ने काइरालाको धेरै समय पुस्तक अध्ययनमै बित्ने गरेको कारागार प्रशासनले जनाएको छ ।

उनी महाभारत, गीताजस्ता पुस्तक पढ्ने र ध्यानसमेत गर्ने गरेको कारागारका एक अधिकारीले बताए । कोइराला डिल्लीबजारस्थित सदर खोरमा २०६८ सालदेखि उनी कैदी जीनव भुक्तान गरिरहेका छन् । कोइरालाले २७ पुस २०६८ मा श्रीमती गीता ढकाललाई आफ्नै घरमा हत्या गरी मकवानपुरको पालुङ लगेर शव जलाएका थिए । हत्या गरी जलाएको स्थानमा उनी फेरि ८ माघ २०६८ मा पुगेका थिए । पालुङबाट फर्कँदै गर्दा कोइराला नागढुंगा चेकपोस्टबाट पक्राउ परे । उनले श्रीमतीको हत्या गर्नुको पछाडि प्रेमी भनिने तारा रेग्मी रहेको जनाइएको थियो । तारालाई समेत प्रहरीले पक्राउ गरेर अदालत पेस गरेको थियो । उनी एकलाख धरौटी तिरेर छुटेकी थिइन् । जेलमा पनि तारा र कोइरालाको प्रेम सम्बन्ध झनै गाढा बन्दै गइरहेको छ ।

(शिलापत्रको सहयोगमा )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>