होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • विश्वकप क्रिकेटः २७ वर्षपछि इङल्याण्ड सेमिफाइनलमा प्रवेश

विश्वकप क्रिकेटः २७ वर्षपछि इङल्याण्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं, असार १९–

घरेलु टोली इंग्ल्यान्ड २७ वर्षपछि एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । अस्ट्रेलिया र भारतपछि इंग्ल्यान्ड सेमिफाइनल पुग्ने तेस्रो टोली हो । बुधबार भएको खेलमा न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै इङल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो ।

तर हारका बाजजुद पनि न्युजिल्यान्डको सेमिफाइनल प्रवेशको सम्भावना भने कमजोर भइसकेको छैन । लिगको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरे पनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड भाग्यमानी बन्न सक्नेछ ।

इंग्ल्यान्डले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेको छैन । सन् १९९२ पछि पहिलोपल्ट इंग्ल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो । महत्वपूर्ण खेलमा ३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमै १ सय ८६ रनमा समेटियो ।

उसका लागि कप्तान केन विलियम्सनले २७ र अनुभवी ब्याट्सम्यान रस टेलरले २८ रनमात्र जोड्न सके ।

टम लाथमले ६५ बलमा ५७ रन प्रहार गरी इनिङ्स उकास्ने प्रयास गरे पनि अन्यले गतिलो साथ दिएनन् । लामो साझेदारी गर्न असफल न्युजिल्यान्डका ब्याट्सम्यानले एकपछि अर्को विकेट सस्तैमा गुमाए । इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । उनले ९ ओभरमा ३४ रन खर्चिए ।

जोनी बेरिस्टोले लगातार दोस्रो शतक बनाएपछि इंग्ल्यान्डले विश्वकपको नकआउट चरण आशा बलियो बनाएको थियो । टस जितेर ब्याटिङ गरेको घरेलु टोली चेस्टर– ली–स्ट्रिटमा ३० ओभरमै १९४–१ को सहज स्थितिमा पुगिसकेको थियो । तर अन्तिम २० ओभरमा उनीहरूले १ सय ११ रन जोड्दा ७ विकेट गुमायो । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन ह्यामस्ट्रिङको चोटका कारण खेल्न सकेनन् । इग्ल्यान्डले ३०५–८ को स्थितिमा इनिङ्स सकाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका