चितवन विशेष

रत्ननगरका किसानले सिके आइपीएम खेती प्रविधि

Banner

चितवन, असार १८–

रत्ननगर नगरपालिकाले आइपीएम खेती प्रणाली प्रति आकर्षित गराउन नगरका किसानहरुलाई तालीम दिएको छ ।

खाद्यवालीमा विषादी न्यूनीकरणको लागि नगरपालिकाले किसानहरुलाई १३ हप्ते लामो आईपीएम कृषक पाठशाला सञ्चालन गरी तालीम दिएको हो । तालीममा वडा नं ३, १२ र १३ का ८५ जना किसानहरुको सहभागिता रहेको थियो । तालीममा आइपीएम प्रविधिबाट तरकारी तथा अन्नबाली उत्पादन गर्ने तरिका सिकाइएको कृषि शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए । किसानहरुलाई जग्गा भाडामा लिएर प्रयोगात्मक सिकाई सिकाइएको पौडेलले बताए । तालीममा सहभागीहरुलाई जैविक विषादी र मल बनाउन सिकाएर प्रयोग समेत गरिएको प्रशिक्षक टोमराज भट्टराईले जानकारी दिए ।

गत चैत २३ गतेबाट सुरु भएको आइपीएम कृषक पाठशाला बुधबार सकिएको छ । समापन कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । सो अवसरमा उनले जैविक विषादी प्रयोग नगरी उत्पादन गरेको बस्तुले बजार नपाउने भएका कारण प्राङ्गारिक उत्पादनले गति दिन नसकेको बताइन् । कार्यक्रममा सहभागीहरु प्रमिता खनाल, मेघनाथ न्यौपाने र शिवकुमारी थापाले तालीमका अनुभव सुनाएका थिए ।

पारिजात आइपीएम कृषक पाठशालाकी अध्यक्ष सीता शर्मा चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेल, कृषि शाखा प्रमुख शालिग्राम पौडेल, वडा नं १३ की वडा सदस्य संगीता भण्डारी, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने, प्रशिक्षक जीवन पौडेललगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>