जोडिनुहोस
  • होमपेज
  • पोखरीमा डुबेर तनहुँमा दुई बालकको मृत्यु

पोखरीमा डुबेर तनहुँमा  दुई बालकको मृत्यु

दमौली, असार १७-

तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्द्ध्रे इँटा भट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतक बालक दाजुभाइ हुन् ।

सोही वडास्थित राधा माध्यमिक विद्यालयमा सुन्दर युकेजीमा र किस्मत नर्सरीमा अध्ययनरत थिए । विद्यालयमा सञ्चालन भइरहेको परीक्षा सकेर घर फर्कने क्रममा पोखरीमा पौडी खेल्दा डुबेका बालकको दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका