जोडिनुहोस
  • होमपेज
  • चितवन माडीका नगरवासीलाई रगत निःशुल्क

माडी

चितवन माडीका नगरवासीलाई रगत निःशुल्क

निःशुल्क रगत उपलव्ध गराउने नेपालकै पहिलो नगरपालिका

चितवन माडीका नगरवासीलाई रगत निःशुल्क

चितवन असार १७-

माडी नगरपालिकाले त्यहाँका बासिन्दालाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । माडी वा अन्य क्षेत्र जहाँ उपचार गरे पनि उनीहरुले रगतमा अनुदान पाउने भएका हुन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले साउन महीनाबाट लागू हुने गरी माडीवासीले नेपालका जुनसुकै स्थानबाट रगत लिनु पर्दा लाग्ने रकम नगरपालिकाले व्यहोर्न लागेको वताए । उनका अनुसार क्षेत्रीय रक्त रञ्चार केन्द्र भरतपुरसँग सहकार्य गरेर माडीमा रक्तसञ्चार एकाइसमेत स्थापना गर्न लागिएको छ ।

क्षेत्रीय कार्यालय भरतपुरसँग सम्झौता गरी माडीवासीको परिचयपत्रको आधारमा निःशुल्क रगत दिने व्यवस्था मिलाइँदैछ । ढकालले कार्यालयलाई एकमुष्ट भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए । काठमाडौँ, पोखरालगायतका ठाउँहरुमा उपचार गर्दा आवश्यक पर्ने रगत भने रसिदको आधारमा नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ उनले भने ।

रगत खरीद गर्दा एक युनिटको रु ८५० खर्च हुने गर्दछ । सुत्केरी लगायतका बिरामीको शल्यक्रिया गर्दा र क्यान्सरका विरामीको उपचारमा बढी रगत आवश्यक पर्ने गर्दछ । न्यून आय भएका जनताले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अनुदान दिन लागिएको ढकालको भनाइ छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले नगरवासीलाई निःशुल्क रगत उपलव्ध गराउने नेपालकै पहिलो नगरपालिका माडी भएको बताए ।

माडी नगरपालिकाले दुई छोरी जन्माएर परिवार नियोजन गर्ने दम्पतीका छोरीहरुलाई कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरेको छ । छोरी भएमा भ्रूण हत्यासमेत हुने गरेकाले छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन माडीमा पढाइ हुने प्राविधिक शिक्षासमेतमा निःशुल्क गर्न लागिएको प्रमुख ढकालले जानकारी दिए ।

नगरपालिकाले गर्भवती महिलालाई तीन पटकसम्म भिडियो एक्स–रे निःशुल्क गरेको छ । वघौडा अस्पतालमा गर्भवतीलाई भिडियो एक्स–रे गर्दा लाग्ने रु ७०० रकम साउन महीनादेखि अनुदान दिन लागिएको ढकालको भनाइ छ । जिल्लाको सदरमुकाम भरतपुरसम्म आउन चितवन राष्ट्रिय निकुञ्ज पार गर्नुपर्ने माडीमा ४० हजार जनसङ्ख्या बसोबास गर्दछन् ।रासस

एक प्रतिक्रिया on “चितवन माडीका नगरवासीलाई रगत निःशुल्क

  1. चितवन जिल्लाकाे पहिलाे नगरपालिका भन्न पर्याे,पत्रकार महाेदय।
    पत्रकारिता गर्नेले अलि बढि ज्ञान राख्नुपर्दछ।२०७५ चैतबाट रुपन्देही जिल्लाकाे तिलाेत्तमा नगरपालिकाले नि:शुल्क रगत वितरण शुरु गरिसकेकाे छ।जुन मेराे जानकारी अनुसार नेपालकाे प्रथम निशुल्क रगत वितरण गर्ने नगरपालिका तिलाेत्तमा नै हाे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका