वागमती

समता स्कुलका सञ्चालक सञ्जेल पत्नीसहित ३ विरुद्ध कर्तव्य ज्यानमुद्दा

Banner

काठमाडौँ, असार १७

कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल तथा समता स्कुलका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो । गत असार ३ गते रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमा झुण्डिएर आत्महत्या गरेपछि उनीहरुलाई नियन्त्रणमा लिई परिसरले सुरुमा केही अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान थालेको थियो ।
तामाङलाई आत्महत्या गर्न बाध्य गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको परिसरका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । अस्पतालभित्रै आत्महत्या गरेकी तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट भेटिएको थियो ।

कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो भने तेस्रो अक्षर ‘म्याम’ थियो । सो सुसाइड नोटको कागजलाई परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको छ । सुसाइड नोटमा नाम उल्लेख गरिएको कारण आत्महत्या गर्न बाध्य पारिएको हो÷होइन त्यो पाटोमा उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भएको परिसरले जनाएको छ ।

तामाङले आत्महत्या गरेपछि आक्रोशित स्थानीय र तामाङको आफन्तले अस्तालमा तोडफोड र नाराबाजी समेत गरेका थिए । तामाङको परिवारले भने आत्महत्या नभएको दाबी गर्दै आएको छ । यता, तामाङको शव पोस्टमार्टमको रिपोर्ट आइसकेको छ । जसमा तामाङले आत्महत्या गरेको देखिएको छ । मुलुकी फौजदारी संहितामा आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए कर्तव्य ज्यानमुद्दा चल्छ र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>