क्रिकेट

विश्वकप क्रिकेटः आज दुई खेल, पाकिस्तान र न्यूजील्याण्डलाई जित्नै पर्ने दवाब

Banner

काठमाडौं, असार १४–

इङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आज दुई खेल हुँदैछन् । नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुने खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्दैछ ।

लिड्समा हुने खेलमा पाकिस्तान जित्नै पर्ने दवाबमा छ भने विश्वकपबाट बाहिरिएको अफगानिस्तानले पहिलो जित निकाल्दै पाकिस्तानलाई सेमिफाइनल रोक्ने दाउँमा छ ।

लिग चरणमा ७ खेलबाट ७ अंक बनाएका पाकिस्तान छैठौं स्थानमा छ भने समान ७ खेल खेलेको अफगानिस्तान अंकविहीन रहेको छ । आजको खेलमा विजयी पाकिस्तानको सेमिफाइनल पुग्ने संभावना अझै बलियो बन्ने छ ।

यस्तै आज अपरान्ह ६ः१५ बजेदेखी सुरु हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको साविक विजेता अष्ट्रेलियाले तेस्रो स्थानमा रहेको न्यूजील्याण्डको सामना गर्नेछ । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरेको छ भने आजको खेलमा जित हासिल गरे न्यूजील्याण्डमा पनि सेमिफाइनल पुग्ने दोस्रो टोली बन्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>