खेलकुद

कोपा अमेरिकाः अर्जेन्टिना र चिली सेमिफाइनलमा प्रवेश

Banner

काठमाडौं, असार १४–

बार्जिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिली सेमिफाइनलमा पुगेका छन् । आज (शनिबार) बिहान सम्पन्न खेलमा भेनेजुयलालाई हराउँदै अर्जेन्टिना र कोलम्बियालाई हराउँदै चिली सेमिफाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा अब अर्जेन्टिनाको भेट चीर प्रतिद्वन्द्वी ब्राजिलसँग हुने छ भने चिलीले उरुग्वे र पेरुबीचको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

अर्जेन्टिनाले आज भेनेजुयलालाई २–० ले हरायो । अर्जेन्टिनाका लागि १० औं मिनेटमा लौटारोमार्टिनेजले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । दोस्रो हाफमा सब्सिच्युट खेलाडी जोभानी लोसेल्सोले ७४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

अर्को क्वाटर फाइनल खेलमा साविकको विजेता चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>