चितवन विशेष

भरतपुरको भ्याली स्टेट कलेजमा सामाजिक उत्तरदायित्बारे अन्तरकृया

Banner

चितवन, असार १२-

भरतपुरको भ्याली स्टेट कलेजमा आज ‘व्यवसायमा सामाजिक उत्तरदायित्व’ विषयमा अन्तरक्रिया भएको छ ।

कलेजमा बीबीए अध्ययनरत विद्यार्थीहरुलाई सहयोगी होस् भनेर गरिएको कार्यक्रममा जस्मिन पेन्ट्सका निर्देशक मधुसूदन अर्याल, कालिका एफएमका व्यवस्थापक ओमप्रकाश शर्मा, युनियन लाइफका क्षेत्रीय प्रवन्धक आईआर सुवेदी र भ्याली स्टेट कलेजका निर्देशक बाबुराम खनालले आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा जस्मिन पेन्ट्सका निर्देशक अर्यालले व्यवसायिक सामाजिक उत्तरदायित्व खाली प्रचार गर्ने खुराक मात्र नभएर एक मानविय जिम्मेवारी भएको बताए । सो अवसरमा उनले विद्यार्थीहरु उद्यमशिल बन्नुपर्ने र व्यवसायीहरुले पनि युवा उद्यमशिलताको लागि सहयोग गनुपर्ने विचार राखे । अन्तरक्रियामा कालिका एफएमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले एक छाक खाना खुवाउने मात्र सामाजिक जिम्मेवारी नभएर सामाजिक मूल्य, मान्यतामा रहेर व्यवसाय गर्नु नै जिम्मेवारी भएको विचार राखे । उनले मिडियाले पनि त्यस्ता सामग्रीलाई प्राथमिकता दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>