चितवन विशेष

सर्पदंशको उपचाररत सुवेदीलाई मारवाडी महिला मञ्चको सहयोग

Banner

चितवन, असार १२

मारवाडी महिला मञ्च नारायणगढले सर्पदंशका कारण उपचाररत एक बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

मारवाडी महिला मञ्चको अध्यक्ष उषा अग्रवालको नेतृत्वमा गएको टोलीले मनहरि गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षीय खेमनारायण सुवेदीलाई २१ हजार रुपैयाँ सहयोग गरेका हुन् । असार २ गते सर्पदंश भएको सुवेदीलाई हेटौंडा अस्पतालले निको भयो भनेर घर फिर्ता पठाए पनि पछि पुनःविषको प्रभाव देखिएपछि असार ९ गते भरतपुर अस्पताल भर्ना भएका थिए ।

अहिले उनको भरतपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था कमजोर रहेकोले मारवाडी महिला मञ्चले उपचारमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको बिरामीका सहयोगी पण्डित शेखर शास्त्रीले नारायणी अनलाइनलाई बताए । बिरामी सुवेदीका छोरा गोकुल सुवेदीलाई मारवाडी महिला मञ्चको अध्यक्ष उषा अग्रवालले सो सहयोग रकम आज हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा मञ्चका सल्लाहकार पुनम अग्रवाल, उपाध्यक्ष स्वाती बंशल र कोषाध्यक्ष इन्दु बंशलको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>