क्रिकेट
विश्वकप क्रिकेटः इङल्याण्डले दियो भारतसामु ३३८ रनको लक्ष्य
०

काठमाडौं, असार १५–
आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत जारी खेलमा घरेलु टोली इङल्याण्डले भारतसामु ३३८ रनको लक्ष्य पेश गरेको छ ।
टस जितेर व्याटिङ गरेको इङल्याण्डले ७ विकेटको क्षतिमा ३३७ रन बनायो । उसका लागि जोनी ब्रेस्टोले १११ रनको शतकिय पारी खेले भने बेन स्टोक्सले ७९, रोयले ६६, रुटले ४४ रन बनाए ।
भारतका लागि मोहम्मद शामीले ५ विकेट लिए भने कुलदिप यादव र बुम्रराहले एक विकेट लिए ।
आजको खेलमा विजयी भए भारत सेमिफाइनलमा प्रवेश गर्नेछ भने इङल्याण्डलाई सेमिफाइनल पुग्न आजको खेल जित्नै पर्ने दवाब छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>