क्रिकेट

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

Banner

भीमदत्तनगर, असार ११–

कञ्चनपुरको भीमदत्तनगरमा भएको प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । टस जितेर एपिएफले फिल्डिङ रोजेपछि व्याटिङ गरेको सुदूरपश्मि ७१ रनमै समेटिएको थियो ।

७२ रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिमा ७४ रन बनाउदै जित हासिल ग¥यो । सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ संग अङ्क बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपिएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो ।

प्रतियोगितामा सात प्रदेश र विभागीय एपिएफ गरी आठ टोली सहभागी थिए । वर्षाका कारण चार खेलमा असर परेको थियो । उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेताले तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>