जोडिनुहोस
  • होमपेज
  • चितवनमा सट्टेबाजी खेल, मूख्य गिरोह मुकेश साह नगदसहित पक्राउ

चितवनमा सट्टेबाजी खेल, मूख्य गिरोह मुकेश साह नगदसहित पक्राउ

चितवन, असार ११–

नेपालमा ठूला ठूला खेलकुद प्रतियोगिताका बेलामा सट्टेबाजी हुने गरेको छ । विश्वकप फुटबल, विश्वकप क्रिकेट, आईपीएल क्रिकेटदेखी चलेका ठूला प्रतियोगिताहरुमा चितवनलगायत धेरै ठाउँमा सट्टेबाजी हुने गरेको छ ।

अहिले विश्वकप क्रिकेट चलरिहेको बेला सट्टेबाजी मौलाएपछि चितवन प्रहरीले विशेष अभियान चलाएको छ । चितवनको महत्वपूर्ण क्षेत्रहरुमा लुकिछिपि विश्वकप क्रिकेट खेलको समयमा व्यापक सट्टेबाजी भई रहेको भन्ने विशेष सूचनाको आधारमा प्रनाउ एक नारायण कोईरालाको कमाण्डमा टोली नै खटाएको छ । सो विशेष टोलीले असार १० गते मंगलबार राती ८ बजेको समयमा नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.८ घर भई हाल भरतपुर महानगरपालिका–३ मा डेरा गरी बस्ने मुकेश कुमार साहले सट्टेबाजी गर्ने गरेको फेला पार्‍यो ।

उनले अन्य व्यक्तिहरु समेतलाई आवद्ध गराई एक आपसमा बाजी थापी÷थाप्न लगाई क्रिकेट सट्टेबाजी गराई रहेको अवस्था शाहसहितलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । साहको डेराकोठाबाट सट्टेबाजी गर्ने तथा गराउने कार्यमा प्रयोग गरिएको मोबाईल ६ थान र नगद ३ लाख ४५ हवा ५६ रुपैयाँ समेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका साहले नेपाली तथा भारतीय नागरिकहरु समेतलाई आवद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले सट्टेबाजी खेलका लागि साह मूख्य गिरोह नै रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ । प्रहरीले साह उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता वरुद्धको कसुर अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) को उपदफा ४ बमोजिम मुद्दामा अनुसन्धान कारवाही गरिने प्रहरीले जनाएको छ । यस कसुरमा बरामद बिगो जफत गरी एक वर्षसम्म कैद र दश हजार रुपैयाँ जरिवानाको सजाँय हुने कानूनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका