
दाङ,जेठ ३२-
दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्कँदा तीन जना मजदुरको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको हो ।
घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताउनुभयो ।घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।