गण्डकी

गण्डकी विकास बैंकको निःशुल्क सिपमूलक तालिम

Banner

पोखरा, जेठ २८–

गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागी आयोजना गरेको सात दिने निःशुल्क सिपमूलक तालिम सकिएको छ ।

सिपमूलक तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, प्रशिक्षक तथा जेष्ठ महिलाले संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत थापाले महिलाहरुले सिपमूलक तालिम मात्र लिएर नभई त्यसबाट सिकेको सिप तथा ज्ञान आत्मनिर्भर र स्वरोजगार तर्फ लागाउन आग्रह गरे । त्यसका लागी आवश्यक परेमा बैंकले वित्तिय सहयोग समेत प्रदान गर्ने बताए ।

कार्यक्रममा जेष्ठ महिला तथा समाजसेवी शुभद्रा कोइराला, स्वस्तिक हस्तकलाकी प्रोपाइटर रिता गुरुङ्ग, प्रशिक्षक लक्ष्मी शर्मा तथा सहभागिका तर्फबाट कल्पना क्षेत्री र पार्वती देवी कोइरालाले मन्तव्य व्यक्त गर्दै तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न उत्प्रेरित गरेको बताएका थिए । उनीहरुले निःशुल्क तालिम प्रदान गरेकोमा बैंक परिवारलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्साल स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैंकको पस्र्याङ्ग शाखाका प्रमुख प्रमोद ओझाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>