जोडिनुहोस
  • होमपेज
  • चितवनका होटल तथा रेष्टुरेन्टमा हुने अनुगमनमा झाराटार्ने प्रवृत्ति, कारवाही हुँदैन

चितवनका होटल तथा रेष्टुरेन्टमा हुने अनुगमनमा झाराटार्ने प्रवृत्ति, कारवाही हुँदैन

चितवन, जेठ २७–

चितवनका होटल तथा रेष्टुरेन्टमा हुने अनुगमन झाराटार प्रवृत्तिको हुने क्रम बढ्दो छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज (सोमबार) नारायणगढको लायन्स चोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेपनि झाराटारा प्रवृत्तिको भएको छ । अनुगमनको क्रममा गल्ती देखिने गरिएपनि चिठ्ठी काट्ने काम मात्र भएको छ । उनीहरुलाई कुनै कारवाही हुने गरेको छैन् ।

अनुगमनको क्रममा रेष्टुरेन्टहरुले मापदण्ड विपरीत खानामा रङको प्रयोग गरेको पाइएको छ । खाद्य निरीक्षक प्रदीप काफ्लेका अनुसार श्रेष्ठ तन्दुरी रेष्टुरेष्ट एण्ड थकाली भान्साघर, मुगल किचन, ग्राउण्ड जिरो, मामाघर रेष्टुरेन्टमा अत्यधिक रङको प्रयोग गरेको पाइएको हो । यस्तै अनुगमन भएका होटलहरुमा भान्साको व्यवस्थापनमा निकै कमजोरी देखिएको खाद्य निरीक्षक काफ्लेले जानकारी दिए ।

लायन्स चोकमा रहेको ट्रेन्स मःम कर्नर, एभरेष्ट मःम रेष्टुरेष्ट, मुगल किचन, मामाघर रेष्टुरेन्ट, मान्द्रो किचन र श्रेष्ठ तन्दुरीको भान्छामा काम गर्ने व्यक्तिलाई पोशाकको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले अनुगमन गरेको रेष्टुरेन्टबाट धेरै दिनदेखि फ्रिजमा राखिएको खाने वस्तुहरु नष्टसमेत गरिएको काफ्लेले बताए । निरीक्षण भएका सबै होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित मुख्य भान्सेलाई दुई दिनभित्र खाद्य निरीक्षण कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ । चितवनमा हुने अनगुमनमा निर्देशन दिनु बाहेक कारवाही हुने गरेको छैन् ।

फोटोः फाईल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका