नवलपरासी

हुरीले पूर्वी नवलपरासीका ४० घरमा क्षति, चट्याङ पर्दा ४५ बाख्रा मरे

Banner

होमराज रानाभाट,

नवलपरासी,जेठ २७-

पूर्वीनवलपरासीको विकट पहाडी गाउँपालिका बुलिगंटार–४, अर्खलाको चुलीबोझामा आइतबार साँझ आएको हावाहुरीले क्षति पुर्‍याएको छ । हुरीले चुलीबोझामा १० घर, ठूलो अर्खलामा पाँच घर र अन्य स्थानमा २५ घर गरी कुल ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिए । हुरीले किसानको मकैलगायतका बालीमा पनि नोक्सान पुगेको छ ।

हुरीपछि आएको वर्षाले दलदले बुलिगंटार मोटरबाटोसमेत अवरुद्ध हुन पुगेको छ । सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध हुन पुगको हो । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको वडाध्यक्ष गोदामी मगरले जानकारी दिए । यसैबीच, आइतबार साँझ नै परेको चट्याङले चुलीबोझामा ४५ बाख्रा परेका छन् । वडाध्यक्ष मगरका अनुसार मानवीय क्षति भने भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>