देश/प्रदेश

कैलालीमा नगरपालिकाको ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु

Banner

टीकापुर जेठ २६-

कैलालीको लम्की- चुहानगरपालिका- ४ कौवापुरमा ट्याक्टरको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।लम्की-चुहानगरपालिकाको अनटेस्ट ट्याक्टरको ठक्‍करबाट वडा नं. ५ चौंरीकी २९वर्षीया भूमी भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीले दिएको जानकारीअनुसार कौवापुरको जंगलबाट दाउरा ल्याएर फर्किंदै गरेकी भुसाललाई ट्याक्टरले ठक्‍कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

भुसालको मृत्यु भएपछि स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै शव उठाउन दिएका छैनन्। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। अन्नपूर्णपोष्टबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area