जोडिनुहोस
alt
  • होमपेज
  • हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा, जेठ २४-

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ ।

रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ ।

उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाइएको छ । उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट दैनिक १० हजार मेट्रिक टन चुनढुङ्गा सङकलन गर्दै आएको सो उद्योगले जनाएको छ ।

उद्योगद्वारा उत्पादित ऋद्धिसिद्धि ब्राण्डको सिमेण्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए ।

उनका अनुसार व्यवस्थापनले युरेपेली प्रविधि र रोबोट प्रयोगबाट गुणस्तरीय उत्पादन गरिरहेको छ । हाल सो उद्योगमा प्रशासन, प्रयोगशाला, भण्डारण र प्राविधिक र कामदार गरी करीब ३०० जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योग व्यवस्थापनले जनाएको छ । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगबाट सिमेण्टहरु उत्पादन हुँदै आएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका