राजनीति

दोलखाका सांसद लामाले दिए स्थानीय तहलाई एम्बुलेन्स र शववाहन

Banner

दोलखा,जेठ २१ –

संघीय सांसद जिपछिरिङ लामाले दोलखाका स्थानीय तहलाई एम्बुलेन्स र शववाहन सहयोग गरेका छन् । सांसद लामाले आफ्ना स्वर्गीय बुबाआमाको सम्झनामा स्थापना गर्नुभएको तेङिमादाडोमा स्मृति प्रतिष्ठानबाट मंगलबा ४ वटा एम्बुलेन्स र २ वटा शववाहन हस्तान्तरण गर्नुभएको हो ।

सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई शव वाहन हस्ताण्तरण गरिएको छ । त्यस्तै जिरीस्थित जिल्ला अस्पताल, वैत्यश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र शैलुङ गाउँपालिकालाई एक–एक वटाका दरले एम्बुलेन्स हस्ताण्तरण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>