चितवन विशेष

चितवनको रत्ननगरमा विपद् व्यवस्थापन तालिम सुरु

Banner

चितवन, जेठ २१-

रत्ननगरको सौराहामा चार दिने सामुदायिक विपद् व्यवस्थापन तालिम सुरु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ५,६ र ७ को सहयोगमा नेपाली सेना श्री नं २ गणले गरेको सो तालिमको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका थिए । सो अबसरमा उनले विपद् पूर्व गर्नुपर्ने तयारी र विपद् पछि गर्नुपर्ने कामका लागि नगर भित्र खोज तथा उद्धार टोल बनाउने बताए । विपद्को बेला सम्भावित जोखिम न्यूनीकरणको लागि नगरपालिकाले युवाहरुलाई तालिम र उद्दार सामाग्रीको व्यवस्थापन गर्ने बताए । कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष बलराम दाहालले समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरणको लागि खोज तथा उद्दार टोल निर्माण गर्न तालिम आयोजना गरिएको बताए ।

वडा नं ७ का वडा अध्यक्ष लालबहादुर भट्टले सौराहा बाढीबाट आक्रान्त क्षेत्र भएकाले जोखिम न्यूनीकरणको लागि जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । गणका प्रमुख सेनानी राजेन्द्र पराजुलीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । तीन वटा वडाका ३५ जनाको सहभागिता रहेको सो तालिममा नेपाली सेनाले विपद्को पूर्वतयारी, खोज तथा उद्धारको विषयमा शैदान्तिक तथा व्यवहारिक पक्षका बारेमा सिकाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.