चितवन विशेष

वातावरण दिवसको अवसरमा नारायणगढमा विद्यार्थीको र्‍याली

Banner

चितवन, जेठ २१-

विश्व वातावरण दिवसको अवसरमा लिटिल फ्लावर स्कुलमा रहेको एलटीएफ ईको क्लबले आज सचेतना र्‍याली गरेको छ ।

नारायणगढको शहिदचोकदेखि लायन्स चोक हुँदै पुनः शहिदचोकमा पुगेर र्‍याली समापन भएको थियो । स्कुलले विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत आज र्‍यालीको आयोजना गरेको हो । साताव्यापी कार्यक्रम अन्र्तगत स्कुलले विरुवा बितरण, सरसफाइ अन्तर विद्यालयस्तरीय कार्यक्रमहरु गरेको छ । विद्यालयका फादर रोवि केयूको उपस्थितिमा विश्व वातारण दिवसका कार्यक्रमहरु हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>