देश/प्रदेश

ट्रकसँग स्कुटी ठोक्किँदा धरानमा एक नर्सको मृत्यु

Banner

धरान, जेठ २१-

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डको विश्वकर्मा मन्दिर नजिक गए राति ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ ।

धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं को स्कुटी ना५ख ४२४५ नं को ट्रकसँग ठोक्किएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area