विचार/ब्लग

ओली सरकारबारेका भ्रम र यथार्थः यस्ता छन् सात महिनाका आशालाग्दा उपलब्धि

Banner

जेएन थपलिया-

अहिले केही मान्छेहरूका दिनचर्यालाई चट्याङ मास्टरको यो कविताले बडो स्पष्टसँग व्यङ्ग्य गरेको छ तसर्थ यो लेखको सुरुवात पनि यसै बाट गरिएको छ ।
….के गर्नु ? सरकारै खत्तम छ ! …..
भीडमभीड फुटपाथमा हिँड्दै,
दाँतले जिब्रोको टुप्पो थिच्दै
पिचिक्क थुक्यो पिचकारी, ‘के गर्नु? सरकारै खत्तम छ !’
अफिस मेचमा बसेर, नाकमा औँला कोचेर झिकेर केही नाकबाट
मेचमुनि त्यो पोतेर, ‘के गर्नु ? सरकारै खत्तम छ ।’

माथिको व्यङ्ग्य जस्तै हाम्रो मानसिकता नै यस्तो बनेको छ कि सरकारलाई गाली नगरी हामीलाई खाएको पच्दैन । हामी स्थायित्व चाहँदैनौं, सरकार अस्थिर बनाइरहन चाहन्छौं र यसबाट लाभ लिन हामीलाई बानी परिसकेको छ ।

अहिले सरकारले अघि बढाएका दीर्घकालीन विकास र सुशासनका कामहरुमाथि प्रतिपक्षले समेत औलो ठड्याउन नसकिरहेको बेलामा गठन भएको छ महिना पनि बित्न नपाउँदै आफ्नै पार्टी भित्रबाट सरकारमाथि अहिले नियोजित आक्रमण सुरु भएको छ । यस घटनाबाट बेहोस र निरिह प्रतिपक्ष होसमा आएर शरीरको धूलो टक्टक्याउन थालेको छ भने पार्टी भित्रका केही मान्छेहरुका एकाएक सत्ता ग्रन्थीहरू रसाउन सुरु गरेका छन्, हिजो सत्तामा बस्दा गरेका मोजमस्ती दिउँसै सपना बनेर आउन थालेका छन् ।

अहिले केही मान्छेहरू यसरी प्रस्तुत हुँदै छन् की ओली सरकार बन्नुअघि यो देशमा हत्या बलात्कार, सिन्डिकेट, भ्रष्टाचार, कालो बजारी केही पनि थिएन । मानौं यो स्वप्निल स्वर्ग थियो, राम राज्य थियो तर अहिले एकाएक ओली आएपछि नेपाल नर्क बन्यो, मुख देखाउनै भएन । यत्रतत्र सर्वत्र बिग्रेको ओलीको कारणले नै हो । अस्पतालको मेंसु नियुक्तिदेखि सुन काण्डसम्म सबै ओली एक्लैले हेर्नुप¥थ्यो,नगरपालिकामा कर लगाउने देखि प्रदेशका विकास निर्माणसम्मको जिम्मा सबै ओलीलाई नै छ, यो मुलुकमा कहीं कतै कुलोमा पानी आएन, कसैका खेतमा कीरा धमिराले धान खायो वा कुनै स्कुलमा शिक्षकले पढाएन यो सबै ओलीको कारणले भएको हो । सबै बेथितिको जड ओली नै हो बाँकी अरू प्रदेश, नगर, प्रतिनिधिसभा, राष्ट्रियसभालगायतका अन्य कार्यकारिणी समेत त केवल भत्ताको लागि हो सुविधाको लागि विदेश घुम्नको लागि हो उनीहरुले केही गर्नै पर्दैन, बोले पुग्छ, मुलुक बिग्रियो भने पुग्छ ।

विषयलाई यसरी उरालिँदै छ कि मानौं यो मुलुकमा कञ्चनपुरमा भएको निर्मला बलात्कारपछि हत्या प्रकरण जस्ता घटना पहिले कहिलै भएको थिएन र पहिले भएकै भए पनि घटना हुने बित्तिकै दोषी पत्ता लागेको थियो ( स्मरण रहोस् यस्तै प्रकृतिको २०६८ सालमा रामेछाप सैपु गाविस की १४ वर्षीय सुन्तली तामाङको बलात्कार पछिको हत्याको दोषी स्याम राउतलाई पक्रन छ वर्ष लागेको थियो भने गत देउवा सरकारका पालामा भएका दरबार मार्ग र इटहरीमा पनि प्रहरी संलग्नतामा बलात्कारका दोषीलाई संरक्षण भएको थियो) तर अहिले ओलीलेनै सिंहदरबार भित्र दोषी लुकाएका छन् वा दोषी पत्ता लगाउन १२ वर्ष लाग्छ भनेर ओलीले भने भनेर नियोजित उक्साहटमा प्रदर्शन र सामाजिक सञ्जाल रङ्ग्याउने काम भएका छन्।

बल्ल छ महिनामा बालक बामे त सर्न सक्दैन भने अहिले नै बच्चा दौडिएर सगरमाथा चढ्नु प¥थ्यो भन्नु कति न्यायोचित छ । एकातर्फ संघीय संरचनाको बढ्दो खर्च वृद्धि अर्को तर्फ अन्तर्राष्ट्रिय बजारमा भएको डलर र तेलको मूल्य वृद्धिको कारण ब्राजिल, भारत, चीन जस्ता उदयिमान अर्थतन्त्र भएका देशका सरकारहरू समेत आलोचना खेपिरहेको बेलामा वितरणमुखी कार्यक्रम ल्याएर लोकप्रिय बनेका पूर्ववर्ती सरकारले रित्याएको ढुकुटी लिएर सरकार चलाउन सुरुगरेका ओलीमाथि अहिले नै खनिनु कुनै अर्थमा पनि ठीक छैन। कम्तीमा पनि यो वर्षको बजेट कार्यान्वयन गर्ने समय सरकारलाई दिइनु प¥थ्यो अनि मात्र यसको मूल्यांकन सुरु गरिनु पर्दथ्यो तर बिडम्बना यसो हुन सकिरहेको छैन । प्रारम्भिक दिनमा सुन तस्करी, सिन्डिकेटलगायतका क्षेत्रमा सरकारले सुरु गरेका कामहरुबाट परिणाम देखिन लागेको छ, सुन तस्करीमा संलग्नहरुलाई थुनामा राखिएको छ र अहिले सुनको अवैध तस्करी पूर्ण नियन्त्रणमा आएको छ । सिन्डिकेट अन्त्यसँगै सयौं यातायात व्यवसायी समिति खारेजी र बैंक खाता रोक्का भएको छ यद्यपि कतिपय क्षेत्रमा यो कायमै छ । दसैँतिहार जस्ता चाड पर्वमा सरकारलाई गलाउन सकिन्छ भनेर सिन्डिकेटले मुन्टो उठाउन खोजे पनि अब त्यो सम्भव देखिँदैन, अदालतको आदेशका कारण कतिपय ठाउँमा सरकारले नचाहँदा नचाहँदै पनि दिगम्बर झा जस्ता को नियुक्ति खारेज गर्न सकेको छैन यसको लागि राज्य संरचना दोषी छ न कि सरकार तर यी कुरा बुझ्दाबुझ्दै पनि मान्छेहरु विषयलाई प्रोभोक गर्न लागि परेका छन् कि कसरी सरकार फेर्ने र आफू सत्तामा पुग्ने ।

चुनावमा स्थिरता र स्थायित्वको लागि जनताले भोट दिएका थिए भन्ने सामान्य हेक्कासमेत नराखी अहिले भित्रभित्र अस्थिरतातर्फ मुलुकलाई धकेल्दा आउने दुष्परिणाम कति भयानक हुन्छ त्यो पनि हेक्का राख्नु त पर्छ होला । छ महिनाको दौरानमा यो सरकारले सुशासनका लागि मानकको थालनी गरेको छ । यस क्रममा सरकारले यातायात सिन्डिकेट अन्त्य गरेको, सुनतस्करी नियन्त्रण गरेको, विकासको ढीलासुस्ती हटाएको, औचित्यहीन भ्रमण रोकेको र सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको छ । सरकारले हवाइ क्षेत्र र पर्यटनमा ‘उल्लेखनीय परिवर्तन’ गरेको छ । विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको र वाइडबढी विमान किनेको कारण पर्यटन आगमन उल्लेख्य वृद्धि भएको छ ।

सरकारको सबै भन्दा ठूलो उपलब्धि अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालको उज्यलिदो छवि हो । चारदशक पछि नेपालको शीर ठाडो पार्दै राष्ट्रिय पोशाकमा उभिएर संयुक्त राष्ट्रसंघमा ओलीले विश्व समुदायलाई जुन संदेश दिए यसबाट नेपालले विश्वको ध्यान आकर्षण गर्न सफल भएको छ । यस्तै प्रधानमन्त्रीको दुई छिमेकी मित्रराष्ट्रहरु भारत र चीनको भ्रमणबाट छिमेक सम्बन्धमा नयाँ उचाइमा पुगेको छ । हाम्रो आफ्नै प्राथमिकता, पारस्परिक सम्मान र लाभमा आधारित विदेश सम्बन्धको अध्याय सुरु भएको छ । वर्षौंदेखिको व्यापार र पारवहनको भारत निर्भरतालाई तोडदै ओलीले चीनका सेन्जेनलगायतका चारवटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने प्रोटोकलमा सम्झौता भएको छ र केरुङ काठमाडौं रेलमार्गमा चीन समेतले लगानी गरी सात वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रारम्भिक सहमति भएको छ यसले नेपालको पारवहन र व्यापारमा छ महिनाको दौरानमा यो सरकारले सुशासनका लागि मानकको थालनी गरेको छ । यस क्रममा सरकारले यातायात सिन्डिकेट अन्त्य गरेको, सुन तस्करी नियन्त्रण गरेको, विकासको ढीलासुस्ती हटाएको, औचित्यहीन भ्रमण रोकेको र सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको छ ।

स्थानीयतहले कर बढाएको आरोपलागे पनि सरकारले अर्थ प्रशासनमा सुधार ल्याएको छ । देउवा सरकारले छोड्दा झण्डै झण्डै टाट फर्किएको अर्थतन्त्र र ढुकुटी ओली सरकारलाई जिम्मा लगाए पनि अहिले युवराज खतिवडाका दूरदर्शी, मितव्ययी र वित्तीय अनुशासन सहितको बजेट कार्यान्वयनले दुई महिनामै उल्लेख्य प्रगतिका संकेत देखाइसकेको छ । गत दुई महिनामा झण्डै १५० अर्ब राजस्व संकलन, विकास खर्चमा बढोत्तरी र सामान्य खर्चमा कटौतीले अब अर्थतन्त्र ट्रयाकमा फर्किएको छ र आगामी वर्षदेखि सरकारको घोषणा बमोजिम रु पाँच हजार वृद्ध भत्ता पु¥याउन र सामाजिक सुरक्षामा खर्च गर्न सरकार सफल हुने संकेत देखिएको छ । डलरको अकासिदो मूल्य वृद्धि र पेट्रोलको अन्तर्र्रािष्ट्रय मूल्य वृद्धिको बीचपनि अर्थतन्त्रलाई स्थायित्व दिँदै जीडीपीको प्रक्षेपित वृद्धिदर कायमै राख्न सक्नु यो सरकारको ठूलो उपलब्धि हो । यस्तो विषम परिस्थितिमा राज्यकोषलाई उल्लेख्य लाभ प्राप्त हुनु र लक्षभन्दा बढी राजस्व संकलन गर्नु एबम् भन्सार प्रणालीमा सुधार ल्याउनु चानेचुने कुरा होइन । विकास खर्चमा पनि उत्साहजनक वृद्धि भएको छ । ओलीले अर्थमन्त्रीमा किन डाक्टर युवराज खतिवडालाई छाने भन्ने कुराको पुष्टि विगत छ महिनाको अर्थतन्त्रको प्रगतिले समेत देखाइ सकेको छ र यसमा अझै चमत्कार हुने देखिन्छ ।

बाहिर प्रचारमा नआए पनि यो सरकारले सडक, रेल, पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढाएको छ । सरकारले सार्वजनिक गरेको आफ्नो पाँच महिने उपलब्धि सम्बन्धी पुस्तिकामा समेत तीव्रगतिमा चल्ने विदेशी रेलको तस्वीरसहितको ग्राफिक्स राखिएको छ । रेल ल्याउने विषयमा भएको प्रगतिमा(‘सिमरा बर्दिबास (१०८ कि.मि.) रेलमार्ग निर्माणको बर्दिबास लालबन्दी खण्डको ३० किमी क्षेत्रमा ट्रर्याक बेड निर्माण ८० प्रतिशत सकिएको छ । यही वर्ष भित्र जयनगर (जनकपुर (कुर्था) ३५ किमी रेलमार्ग सञ्चालन हुने तयारीमा छ भने जयनगरदेखि बिजलपुर सम्म ५२ किमी. खण्डमा रेलमार्ग निर्माण कार्य अघि बढिसकेको छ । यस्तै पूर्वाधार विकासमा छोटो समयमा नतिजा देखिन थालेको छ । भन्सार जाँच चौकी, पुल, सिंचाइलगायत क्षेत्रमा भएका प्रगतिहरु आशा लाग्दा छन् । यो सरकारले मुलुकलाई उर्जामा अत्मनिर्भर बनाउँदै राष्ट्रिय आयको दीर्घकालीन समाधान तर्फ डो¥याएको छ । सिंहदरबारमा घामबाट बिजुली निकालेको छ भने यो अवधिमा निजी परियोजनाबाट २८ मेगावाट विद्युत थपिएको छन् ।

सरकारले फलाम उद्योग स्थापनाको लागि ८५० किलो फलामजन्य पदार्थ परीक्षणका लागि चीन पठाएको छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माणसम्बन्धी प्रतिवेदन समेत तयार गरेको छ । स्वास्थ्य क्षेत्रमा सरकारले औषधिको मूल्यमा भएको बेथिति अन्त्य गर्दै सबै प्रकारका औषधिको मूल्य निर्धारण गरी लागू गरेको छ । मुटुरोग सम्बन्धी सेवा विस्तार एवम् वृद्धवृद्धाको स्वास्थ्य विमाको सफल कार्यान्वयन यो सरकारले सुरु गरेको छ ।

सरकारले आफ्को कार्यकालको पाँच महिनामा नमूना शहर र एकीकृत बस्ती निर्माणको आधारपत्र तयार पारेको छ । सातै प्रदेशमा एक\एकवटा घनाबस्ती छनोट गरिएको छ जहाँ नमूना शहर निर्माण हुनेछ । सरकारले सामाजिक सुरक्षामा नयाँ थालनी गरेको छ । विदेशमा अलपत्र श्रमिकको उद्धार, श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि र पत्रकारको वृत्तिकोष स्थापना गरेको छ । सरकारले कृषिको व्यवसायिकरणमा दूधको उत्पादन र बजारीकरण, कृषिलाई उद्यागमा बदल्ने प्रक्रियाको थालनी र अदुवा निर्यातमा सहजता ल्याउने काम भएको छ ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण कामहरु गरेको छ । यसमा विद्यालय, ब्यारेक र निजी घरहअरु कति बने भन्ने विवरण तयार गर्नुका साथै योजनाबद्ध निर्माण थालनी भएको छ । यस्तै शिक्षामा विद्यालय भर्ना अभियानले सबै बलबालिकाको विद्यालय पढ्ने अधिकार स्थापित भएको छ । पोहोरपोहोर जस्तो दुर्गम क्षेत्रमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्य हाल भएको छ भने शिक्षा आयोग गठनसँगै अब देशको शैक्षिक मार्गचित्र कोर्ने कार्यको थालनी भएको छ ।

यी सबै प्रारम्भिक काम हेर्दा सरकार को सुरुवात राम्रो छ । कतिपय विषयमा नराम्रा परिणाम देखिए पनि यसमा ओलीले भने झै उमेरको सीमा हुन सक्छ तर इमान र निष्ठाको सीमा हुँदैन । अहिले ओलीको देश र विकास प्रतिको निष्ठामा शंका गर्ने कहीं कतै ठाउँ छैन । तर, केही प्रवृत्तिहरू डर लाग्दा छन् । महाभारतको युद्धपछि शक्तिले उन्मत्त यदुवङ्शीहरुको उदण्डताले श्राप पाएपछि एकापसमा मूसल हानाहान गरेर सबै सखाप भएका थिए रे । अब नेकपाभित्र पनि मूसल हानाहान सुरु भएकै हो ? सकिने भएकै हो ?भन्ने चिन्ता व्याप्त छ । अझ गहिरो चिन्ता त यति मात्र हो कि यो सकिएपछि आउने अर्को झन अगतिलो छ । तसर्थ संस्कृतमा मा एउटा श्लोक छ जो अहिले पनि उत्तिकै सान्दर्भिक छ यसैबाट यो लेखको अन्त्य गर्छु !

परो अपि हितवान् बन्धुः बन्धुः अपि अहितः परः
अहितः देहजः व्याधिः हितम् अरण्यम् औषधम्
(पराय पनि शुभेच्छुक बन्धु वा बन्धु पनि पराय हुनसक्छ। आफ्नै शरीरमा उत्पन्न भएर पनि रोग त शत्रु नै हुन्छ तर जंगलमा भएर पनि वनस्पति हितकारी हुनसक्छ ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>