जोडिनुहोस
  • होमपेज
  • आईपीएलः भरपर्दा बलर रबाडा घाइते भएपछि दिल्लीलाई तनाव

आईपीएलः भरपर्दा बलर रबाडा घाइते भएपछि दिल्लीलाई तनाव

बैशाख २२, २०७६

इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् ।

लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि स्वदेश फर्किन निर्देशन पनि दिएको छ । तर, आइपीएलमा चेन्नईविरुद्धको खेलका क्रममा उनले आफूलाई असहज महसुस भइरहेको बताएका थिए । उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । उनलाई आरामको आवश्यकता भएकाले दिल्लीले नै रबाडालाई स्वदेश फर्कन आग्रह गरेको छ ।
रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका