राप्ती

नीति तथा कार्यक्रम छरपष्ट र अमूर्त छ: प्रतिपक्ष

Banner

बैशाख २२, २०७६

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ठ र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रत्येक कार्यक्रम समयावधि तोकेर सम्पन्न गर्ने योजनासहित आएका छन् भन्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम महत्वाकाँक्षी, छरपष्ट, अमूर्त, प्रोपगण्डामा आधारित भएर आएको छ, जनताको सरकारलाई ‘मेरो सरकार’ भन्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याउने र गणतन्त्रको उपहास गर्ने काम भएको छ भन्नुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद कार्कीले भन्नुभयो, “ सरकारका कामकारवाहीबाट आर्थिक र प्रशासनिक क्षमतामा ह्रास आएको छ, यसले समृद्धिको दिशातर्फ होइन, अलमलको दिशातर्फ उन्मुख गराउँछ ।”

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले परम्परागत शैलीमै प्रस्तुत भएको नीति तथा कार्यक्रममा मधेसी जनताका लागि केही नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्य पहिलेको भन्दा अझ बढी निरङ्कुश भएको छ, अहिले सारा अधिकार सिंहदरबार केन्द्रित गर्ने काम भएको छ, मधेसी समुदायका लागि अहिले झ्याल र ढोका दुवै बन्द छ ।

न्याय र अधिकार माग्दा गोली खानुपर्ने, यो कस्तो लोकतन्त्र हो भनी प्रश्न गर्दै सांसदले ठाकुरले भन्नुभयो, “भन्नका लागि गणतन्त्र र सङ्घीयता छ तर प्रदेशले अधिकार पाएको छैन, आमजनतामा परिवर्तन भएको महसुस हुन सकेको छैन, कुनै निकायमा समानता देखिएको छैन, विभेद यथावत् छ ।”

सङ्घीय समाजवादी फोरम नेपालका नेता विमलप्रसाद श्रीवास्तवले सरकारको नीति तथा कार्यक्रममा मुलुकका सबै क्षेत्रलाई समेट्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “झारा टार्ने किसिमबाट घोषणा भएका कार्यक्रमले मजदूर र किसानका समस्या समाधान हुन सक्दैन, तत्काल चिया बगानका मजदूरको समस्या समाधान गर्न पहल होस्, सुरक्षा निकाय र कर्मचारीको विषय पनि गोलमटोल रुपमा आएको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>