कालिका

विश्वले चिन्ने लाङटाङ गाउँको आफ्नै महत्व र इतिहास

Banner

बैशाख २२, २०७६

लाङटाङ हिमाल र लाङटाङ गाउँले परिचित भई आफ्नै महत्व र इतिहास बोकेर जिल्लाकै पहिचान को रुपमा रहेको छ ।
हालको अन्तराष्ट्रिय नाका को रुपमा परिचित रसुवागढी क्षेत्रको तिब्बत को केरुङमा केहि मानिसहरुमा जम्मा भएर चाडपर्व भव्य मनाउने भन्दै मासु खानको लागी गोरु र ब्री (नाक) मार्न लागी रहेका थिए ।मार्न ठिक्क पारेको गोरु र पोथि याक (ब्री) त्यस ठाउँबाट भागे ।लाम्लो चुडालेर फुत्किएर भागे पछि थुर्पु गेन्जेन नाम गरेको व्यक्ति तिनलाई समात्न हिडे ।

गोरु खाज्दै जादा उनि लिङ लिङ पुगे । गोरु र नाकको खुट्टाको डोब माथि तिर उक्लेको देखेपछि थुर्पु पूर्वतिर फर्केर हेर्दा पारिपटिको पाखामा नाक (ब्री) ले बाच्छो नाचिरहेको देखेपछि एकैछिन आराम गर्छु भनेर बसेका उनि त्यस डाडोलाइ उनि बसेका ठाउँ लाइ जोङ गोङ डाँडो भनियो त्यो डाडोमा वर्षेनि (घ्युल्सा) पुजा गरिन्छ ।

थुर्पु गेन्जेन उठेर पारिपट्टि ब्री(नाक) र बाच्छो हिलो जमिनको घाममा भासिएको र ब्री (नाक) जमिनमा गाडिएको हुनाले त्यो ठाउँ को नाम ब्रीद्धिम भनिएको हो ।भोटेली भाषामा ब्रीद्धिम भनेको पोथि याक गाडिनु हो ।यो सल्द अपभ्रसं भएर अहिले बृद्धिम भएको हो ।

बाकि रहेको गोरु खोज्दै बुढा थुर्पु गेन्जेन अघि बढे ।खामजिम भन्ने ठाउँमा पुगेपछि उनले गोरु देख गोेरु ले मुख बजाएर हब्बाँ गर्दै करायो । तामाङ भाषामा गोरुले कराउनु लाइ काँ भन्छन गोरु ले मुख बजाएर काँ गरेर कराएको हुनाले त्यो ठाउँको नाम खाङजिम भनियो ।भोटेली भाषामा खा भनेमो मुख र खाङ जिम भनेको मुख आँ गरेर कराउनु हो ।

बल्ल बल्ल चारैतिर बाट छेकेर गोरु समात्यो चारैतिरबाट घेर्नु वा छेक्नु लाई भोटेली भाषामा सुर्का भनिन्छ ।गोरु समात्नका दागी चारैतिर घेरेको हुनाले त्यो ठाउ को नाम यसरी रहन गएको हो ।गोरु लाई समातेर बाँधियो गोरु लाइ बाँधेको हुनाले त्यो ठाउँ लाए लाङतासा भनियो ।भोटेलि भाषामा लाङतासा भनेको गोरु बाँध्ने ठाउँ हो ।गोरु बाधेको चिन्ह स्वरुप अहिले पनि थ्यहाँ ढुङ्गाको प्वाल रहेको छ । गोरु चुटेको लट्ठी जहाँ ठड्याइएको थियो त्यो ठाउँ मा रुख उभ्रेको छ ।

गोरु फेरी फुत्कियो गोरु अघि अघि र गेन्जेन बुढा पछि पछि गए वार्का पुच्चु (काँढाजातको ) प्रजाति काँढा घारी बाक्लो थियो काँढाले गोरुको छाला बेस्सरी कोत¥यो । छाला को तरेको हुनाले पाको स्याक्याँ भनिएको छ । यसको अर्थ छाला कोतरेको भन्ने हुन्छ त्यसैले गाउँको नाम नै स्याप्पोको रहन गयो । त्यो गाउँको नाम शेर्पा गाउँ होइन त्यो गाउमा शेर्पा हरु छैनन् गोरु समात्न सकिएन रिम्च्चेमा पुग्दा गोरु भार भित्र लड्यो गोरु लडेको (लाङ रिल्क्यो) हुनाले त्यो ठाउँलाई लाङ रिल्क्यो च्ये भनियो ।पछि त्यो शब्द उपभ्रंस भएर रिमोच्ये भएको हो ।गोरु उठेर फेरी हिडयो गोरु अघि अघि बुढो पछि पछि गोरु चाङडाम अर्थात खोलाको किनारमा त्यस नाउँ लाइ अहिले लामा होटल भन्छन ।

चाङडामबाट हिडेको गोरु फेरी हरायो गोरु हराएको हुनाले त्यो डाडाँको नाम लाङतोर गाङ भयो ।लाङतोर भनेको गोरु हराउनु र गाङ भनेको डाडा हो चाङजम मा हराउनु र गाङ भनेको डाडो हो चाङजम मा फर्केर गोरुको डोब खोज्दै खोलाको किनारै किनार थुर्पु गेन्जेन गए डोब पछयाउदै जादा गोम्ना भन्ने ठाउँमा गोरु ले बाटोमा लडिरहेको रुखको टिम्बर (गोन्दो ) लाई हामफाल्दै नाघेर गयो।गोरुले फाल हालेको हुनाले त्यो ठाउँलाई गोम्ना भनिएको हो ।

क्युर्पुनेसा (हालको घोडा तबेला) पुगेपछि दङच्युब क्षुर्चा(पदमचाल) को घारीमा गोरु चरिरहेको देखियो बुढा लाइ थकाइ लाग्यो थकाइ मारेको हुनाले त्यो ठाउँलाइ थाङस्याब भनियो ।थुर्पु गेन्जेन बुढा ले थकाइ मारेको ढुङ्गा जस लाइ (स्युठी) पनि भनिन्थ्यो त्यो ढुङ्गा चिल्लो खालको थियो अहिले त्यो ढुङ्गा छैन होटलवाला हरुले फुटाइदिएछन ।त्यो ढुङ्गा फुटाउनु हुदैनथ्यो त्यो ढुङ्गा इतिहासको साक्षी थियो र त्यस को धार्मिक महत्व पनि कम थिएन ।

लाङटाङ पुग्नु अगावैको डाडोमा पुगेपछि गोरुले चारवटै खुट्टा तन्कायो गोरुले खुट्टा तन्काएको हुनाले त्यो ठाउलाइ काङतङसा भनियो भोटेली भाषामा काङतङसा भनेको खुट्टा तन्काउनु हो । वर डाडाबाट हेर्दा एउटा उपत्यका देखियो उपत्यकामा हरियो घाँसे गहुँ, करु आदी अन्नबाली थियो ।गोरु त्यही उपत्यकामा पुगेर घाँस खाएर अघाएर सरतिरहेको थियो हरियो घाँस खाएर गोरु अघाएर सुतेको हुनाले त्यो ठाउँलाइ लाङटाङ भनियो लाङटाङ भनेको गोरु अगााएको भन्ने हो अपभ्रंश भएर लाङटाङ भएको हो ।

बुढाले त्यहा पनि गोरु समात्न सकेन गोरु फेरी पनि जुरुक्क उठेर उकालो लाग्यो बुढा मान्छे अचम्म मान्दै पछयाउदै गए क्याङजेन पुगेपछि गोरुले टाउको हल्लाएर जीउ तन्काएछ गोरुले टाउको र जीउ तन्काएको हुनाले त्यो ठाउलाइ क्याङजेन भनियो ।भोटेली भाषामा गो भनेको टाउको र क्याङक्यो भनेको तन्काएको अर्थात टाउको तन्काएको भन्ने अर्थ जनाउछ ।त्यो ठाउमा गुम्बा बनाएपछि क्याङजेन नाम रहन गयो नाउँबाट पनि त्यस ठाउँलाइ चिनिन्छ ।

गोरुलाई त्यहाँ पनि समात्न सकिएन गोरु फेरी उकालो लाग्यो बुढा फेरी गोरुको पछि लागेर गए ।हिमाल मुनि पुगेपछि मात्र गोरु भेटाउन सकियो ।लामो हिडाइ र थकाइले गर्दा बुढालाई गोरु देखि रिस उठेर रिस थाम्न नसकेर आफुले भिरेको तरवार झिकेर बुढा ले गोरु मरेकोमा बुढा लाइ पश्चाताप भयो ।गोरु मरेको त्यो ठाउँ लाइ लाङसिसा भनियो भोटेली भाषामा लाङ भनेको गोरु र सिसा भनेको मरेको ठाउँ वा जमिन भन्ने जनाउँछ ।

त्यहि ढुङ्गामाथि निदाउछ बुढाले सपनामा भगवान को दर्शन पाएछन् र भगवानले भन्नु भएछ तिमिले यसरी सुताउनु पर्दैन ।तिम्रो कारणले गोरु मरेको होइन मैले तिमिलाइ यो पवित्र भुमि देखाउनका लागी यो गोरुमाफर्त डो¥याएको ल्याएको हुँ ।तिमिले नडराइकिन यो गोरु को शरीरलाइ टुक्रा पार्नु र ढुङ्गा माथि फिजाएर राख्नु र उ तयो भीर मा देखाउदै एउटा बघिनी बस्छे । तिमिले त्यहा गएर नडराइकिन त्यो बघिनि को दुध दुनु र भगवान लाइ दुध (हवोकि÷ओबी) चढाउनु तिमि लाइ (पवित्र भुमि) देखाउन ल्याएको छ ।

केही वर्ष अघि भेडी गोमा बस्ने आच्याङवा भन्ने गोठाला दाइ हुनुहुन्थ्यो वर्षेनि भेडि गोठ लगेर उहाँ लाङटाङ जानुभएछ ।जोगिबाबाले पनि त्यो ठाउ कस्तो रहेछ भनेर हेर्न करिब दुइ महिना लागेछ अचानक हुने मौसम परिवर्तनले गर्दा जोगि बाबा को इच्छा कहिल्यै पुरा हुन सकेन थुर्पु गेन्जेन तिब्बतको होर्याक भन्ने ठाउँमा फर्किए ।

पछि उनि लाङटाङमा बस्न आए बाबुलाइ खोज्दै बेन ग्याप बोम्बो पनि यतै आए लाङटाङमा मान वस्ति को सुरुवात यसरी भएको तत्कालिन राष्ट्रिय पञ्चायतका पुर्वउपाध्यक्ष दावा फिञ्जो तामाङ र रसुवा जिल्लाका वैतानिक वकिल फुर्फा तामाङले बताए ।

त्यहा देखी विस्तारै लाङटाङमा वस्ती बस्यो र हिमालै हिमालको विचमा रहेकोले आन्तरिक पर्यटक र वाह्य पर्यटकहरु को घुइचो लाग्यो जब २०७२ सालमा भुकम्पले लाङटाङ मानव विहिन जस्तै तहसनहस बनाइ दियो ।हिमपहिरो मा परि त्यहाका स्थानिय बासिन्दा १७५ जनाले ज्यान गुमाउनु प¥यो ३५ जना सुरक्षाकर्मि, स्वास्थ्यकर्मि र पर्यटकको ज्यान गएको थियो र कति हराए ।

भुकम्प अगाडि जस्तै भुकम्प पछि पदमार्ग सुधार र होटलहरुको पुननिर्माण भएसँगै रिमिचे, लामा होटल, रिभरसाइड, हुनामा, घोडा तबेला थाङस्याब गुम्बा,डाँडा लाङटाङ मुन्डु सिन्दुम र क्याङजिनमा नयाँ घर र होटल हरु बनिसकेका छन ।त्यस्तो इतिहास बोकेको लाङटाङ भुकम्पबाट बाँच्न सफल भएका हरु विस्थापित भएर काठमाण्डौ को एलो गुम्बामा वस्न बाध्य भएका थिए ।भने अहिले स्थानिय आफै पर्यटनविकास का लागी पुननिर्माणमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>