खैरहनी

नेपालमा ४० लाखबाथ रोगी

Banner

बैशाख २२, २०७६

मे ४ लाई विश्वभरि ढाडको अथवा मेरुदण्डको बाथ दिवसका रूपमा मानिन्छ।, यही दिवसलाई लक्षीत गरी रातोपुलमा अवस्थित नेशनल बाथरोग सेन्टरले जनचेतनामूलक कार्यक्रम गरि यो दिवस मनायो। पछिल्लो समय बाथका विरामीहरू दिनप्रतिदिन बढ्दै गएका छन्। नेपालमा यस रोग सम्बन्धि सर्वेक्षण नभएतापनि बाथरोग चिकित्सकहरूका अनुसार नेपालमा कम्तिमा पनि ४० लाख बाथका विरामी छन् जसमध्य १० प्रतिसतमा ढाडको बाथ भेटिने गरेको जनाएकोछ।

बाथरोग उपचार, अनुशन्धान र जनचेतना अभिवृद्धिकालागि भन्ने नाराका साथ नेपालमा पनि मनाइयो। ढाडको बाथ एक प्रकारको बाथरोग हो जसले मुख्यतया मेरुदण्डमा असर गर्दछ। यस समस्यालाई न्युनिकरण गर्ने उदेश्यका साथ विगत् ६ वर्ष देखि निरन्तर लागिरहेको रातोपुलमा अवस्थित नेशनल बाथरोग सेन्टरले विभिन्न क्लिनिकल सेवा, अनुसन्धान एवं सर्वसाधारणमा जनचेतना मुलक कार्यक्रम गरी आफ्नो सेवा प्रदान गराउ“दै आएको जनाएकोछ। केन्द्रले आफ्नो सेवाहरू विस्तारित गरी जनतालाई सुविधा प्रदान गर्न काठमाण्डौको जावालाखेल, भक्तपुरको टेखापुखु, पोखरा र झापामा आफ्नो सेवा दिदै“ आएको समेत जानकारी गरायो।

ूढाडको बाथ प्राय ४५ वर्ष मुनिका पुरुषमा बढी पाईन्छ। यस रोगमा मेरुदण्ड विहानी पख दुख्ने, अरठ्ठा् हुने र विस्तारै मेरुदण्ड बाङिदै जाने हुन्छ। यसका साथै हात तथा खुट्टाका जोर्नीहरू दुख्ने, सुन्निने, विहान अरठ्ठो हुने, आ“खा बारम्बार रातो भएर दुख्ने, कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने लक्षणहरू देखा पर्न सक्छन्। यो बाथ छालाको समस्या वा पेटको बाथ समस्यास“ग पनि देखा पर्न सक्छन्। समयमा उपचार नगर्दा मेरुदण्ड र जोर्नीहरू बाङीने, जोडिने हुन सक्छ, साथै मुटुको भल्बको समस्या, फोक्सोमा जालि पर्ने र किड्नीमा पनि जटिलता देखा पर्न सक्छन्। समयमै उपचार सुरु गर्न सकेमा यो रोग नियन्त्रणमा ल्याउन सकिन्छ,ू यसै क्लिनिकका कन्सल्टान्ट ¥युम्याटोलोजीस्ट डा. श्वेता नकर्मी बताउनुहुन्छ।

नेपालमा समयमै उपचार गराउने बानि निकै नै कम रहेका कारण यो रोग न्युनिकरणमा केही समस्या भएको चिकित्सकहरू बताउ“छन्। यस रोगको पहीचान तथा रोकथाम समयमै नहु“दा मानिसको मृगौला, मुटु, तथा कलेजो जस्ता महत्वपुर्ण अङहरूमा असर पु¥याई ज्यान समेत लिने गर्दछ। समग्रमा भन्दा बाथ रोगका कारण मानिसको आयु १० वर्ष कम हुने गर्छ।

धेरैजसोमा भ्रम के छ भने, युरिकएसिड ठिक पार्दा बाथ निको हुन्छ भन्ने छ जुन गलत भ्रम रहेको छ किनकि युरिकएसिडले केवल ०.१ प्रतिशत विरामीलाईमात्र ठीक हुने गरेको छ। तसर्थ यो रोगलाई ठीक पार्न विभिन्न परिक्षण गर्नुपर्दछ। यस्तो परिक्षण नेपालमा ९० प्रतिशत सम्भव छ भने कतिपय परिक्षण भारतमा समेत पठाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा नेपालमा उपचार विधि तथा जनशक्ति, प्रयोगशाला र बिरामी स्वयमले रोगको लक्ष्यण पहिचान गर्न कठीन भएकै कारण समयमा उपचारको पहु“चमा पुग्न नसकेको निष्कर्ष चिकित्सकहरूको रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>