मकवानपुर

नेपालकै पहिलो बन्यो देविटार र पातलेखेत

Banner

बैशाख २२, २०७६

नेपालमा पहिलो पटक धुलिखेल नगरपालिकाका दुईवटा समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ। सरसफाईयुत्त खानेपानीका कारण समुदायको स्वास्थ्यमा विशेष सहयोग पुग्नेछ। खानेपानी गुणस्तरीय नहु“दा लाग्ने रोगहरूबाट नागरिक मुक्त भएका छन्।

धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारको छा“गे र धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेतमा रहेको धिताल टोल खानेपानी उपभोत्ता समितिलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ। नेपाल सरकार, धुलिखेल नगरपालिका, फिनल्याण्ड सरकार, सिविक फोरम र युनिसेफ नेपालको सहयोगमा देविटारको उक्त समुदायलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो। धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले देविटारको छा“गेलाई पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्दै नगरका अन्य भागमा पनि उक्त कार्यक्रम मोडलका रूपमा संचालन गरी एक घर एक घारा अभियानलाई आगामी तीन वर्ष भित्र सम्पन्न गर्ने बताउनु भयो।

‘खानेपानी मात्रै होईन सुरक्षित खानेपानीका लागि नगरपालिकाले विभिन्न क्षेत्रको सहयोगमा काम गरिरहेको छ’–नगरपालिका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो –‘हामी दिगो विकासका लक्ष्यहरू अनुरूप सन् २०३० सम्ममा सम्पूर्ण जनसंख्यालाई सुरक्षित खानेपानीको सेवा पु¥याउन एक घर एक धाराको नीतिलाई समय भित्रै सम्पन्न गर्ने अभियानमा छौं।’

धुलिखेलको छाँगेमा सुरक्षित खानेपानी

छा“गेका ३० घरमा घर घर धारा जडान गरिएको छ। उक्त कार्यक्रममा नगरपालिका उपप्रमुख विमला शर्मा, फिनल्याण्ड दुतावासका यारी लुक्का, युनिसेफका तेमिडा अमाद, खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मिना श्रेष्ठ, वडा अध्यक्ष रमेश घोरसाईने लगायतले सुरक्षित खानेपानीबाट उक्त समुदाय खुशी भएको बताउनु भयो। २ घर ब्राम्हाण र २८ घर तामाङ जातको समुदायले खोलाबाट पानी बोकेर ल्याउ“दै जीवीका चलाउ“दै आएको थियो।

के हो सुरक्षित खानेपानी
युक्त समुदाय ?
कुनै समुदाय सुरक्षित खानेपानी युक्त हुन सम्पूर्ण समुदायलाई सम्मिलित गरी सुरक्षित खानेपानीको योजना कार्यान्वयन गर्नु पर्छ। समुदाय खुल्ला दिसा मुक्त भएको, खानेपानी संकलनका श्रोतहरू जनावर तथा मानिसको आवतजावत नहुने, सम्पूर्ण घरधुरीलाई सुधारिएको खानेपानीको स्रोत प्रयोग गरेको वा अन्य स्रोत भएपनि आवश्यक प्रशोधन गरिएको हुनु पर्छ। त्यस्तै सम्पूर्ण घरधुरीे खानेपानीलाई सुरक्षित रूपमा भण्डारण गरेको हुनु पर्छ।

ई कोली नामक जीवाणुको संक्रमण नभएको, आर्सेनिक र फ्लोराईड परिक्षण गरेर समुदाय आफैले गुणस्तर मापन गरेर सुरक्षित घोषणा गरे पश्चात तेश्रो बाह्य स्वतज्त्र निकायबाट प्रमाणीत गर्नु पर्छ। विद्यमान नियम अनुसार मापदण्ड पुरा गरेपछि मात्रै नेपाल सरकारले सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गर्न सक्नेछ। त्यहि मापदण्ड पुरा गरेकाले उक्त समुदायलाई नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो।

समुदायले विभिन्न प्रकृया पार गरेपछि मात्र खानेपानीको परिक्षणबाट सुरक्षित छ भन्ने निश्चित भएपछि छा“गेलाई पहिलो समुदायका रूपमा घोषणा गरिएको सिविक फोरमका कार्यक्रम संयोजक बसन्त कु“वरले बताउनु भयो। पञ्चलाल तामाङको अध्यक्षतामा जयराम बजगाई कोषाध्यक्ष र सिर्जना तामाङ सचिव रहेको उक्त समितिले १ वटा ईन्टेक सुधार, ग्राभेल प्याकिङ र ईन्टेक संरक्षणको लागि तारजाली भर्ने कार्य सम्पन्न गरेको थियो। २ वटा जि.आई. पाईप क्रसिङ ब्लक निर्माण, १६ घनमीटरको फोरोसिमेन्ट टयाङ्की निर्माण, ३० घरधुरीमा बालमैत्री धारा निर्माण सहित खानेपानी मीटर जडान। २९३० मीटर नया“ तथा पुराना पाईपलाईनहरू खन्ने पुर्ने कार्य सम्पन्न गरेको छ।

फिनल्याण्ड सरकार÷युनिसेफ नेपाल १० लाख ८८ हजार ५ सय ६३ रूपैया सहयोग गरेको छ। समुदायको श्रमदान १ लाख ७० हजार ८ सय ८२ रूपैया रहेको थियो। निर्माण तथा सुधार गरिएको संरचनाहरू भूकम्प प्रतिरोधात्मक रहेको, खानेपानी उपभोक्ता समिति र खानेपानी सुरक्षा टोलीलाई ३ दिने खानेपानी सुरक्षा योजना कार्यान्वयन सम्बन्धी तालिम प्राप्त गरिएको छ।

खानेपानी सुरक्षा योजना प्रतिवेदन तयारी गरिएको छ।। त्यसको ६÷६ महिनामा अध्यावधिक गरिने भएको छ। खानेपानी संचालन तथा मर्मतसम्भार कोषमा प्रत्येक घरधुरीबाट रु.१ हजारका दरले सङ्कलन गरी ३० हजारको कोष खडा गरिएको छ। मासिक न्यूनतम युनिट १० युनिटको मासिक न्यूनतम महशुल १ सय ५० कायम गरिएको छ। १० युनिट भन्दा बढी खपत भएमा प्रति युनिट ३० का दरले अतिरिक्त शुल्क उठाउने निर्णय गरेको छ।

प्रत्येक महिनाको २५ गतेसम्म मिटर रिडिङ गरिसकिने छ। उपभोक्ताले मिटर रिडिङ भएको महिनाको महशुल सोही महिनाको अन्तिम दिन भित्रमा बुझाउनु पर्ने छ। तोकिएको दिन भित्र महशुल भूक्तानी नगरेमा ५० बिलम्व शुल्क लिने र अर्को महिनाबाट प्रत्येक महिना बक्यौता रकमको ५० प्रतिशतको दरले बिलम्व शुल्क लिने निर्णय गरेको छ। मासिक ३ हजार पारिश्रमिक उपलब्ध गराउने गरी १ जना ग्रामीण मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरिएको छ।

प्रत्येक घरधुरीलाई ग्राहक महशुल संकेत कार्ड वितरण गरिएको छ। मिटर रिडिङ विल, नगदी रसिद र लेजरको प्रयोग गरिएको छ। मानव शरिरलाई स्वस्थ राख्न सुद्ध खानेपानी आवश्वक पर्दछ। स्वच्छ खानेपानी प्रवाहले जनस्वास्थ्यमा सुधार ल्याउन थप मदत पुग्ने कुरामा जोड दिदै आएका छौ मेयर ब्याञ्जु भन्नुहुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area