धादिङ

हिमाली भेगमा औलो

Banner

बैशाख २२, २०७६

नेपाल औलो उन्मुलनको लक्ष्य लिएर अघि बढीरहेको अवस्थामा छ भन्दै गर्दा हिमाली भेगमा समेत औलो देखा पर्नु चुनौतिको बिषय बनेको छ। पछिल्लो समय सडक विस्तार र यातायातका साधनहरूको खुल्ला प्रवेशले हिमाली र उच्च पहाडी भेगमा औलो (मलेरिया) बढेको रिपोर्ट विश्व औलो दिवस मनाईरहदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्ववजनिक गरेको छ।

रोगको प्रकोप बढीरहेको अवस्थामा नेपाल सरकारले भने मलेरियाका क्षेत्रमा काम गरिरहेका तालिम प्राप्त स्वास्थ्यकर्मीहरूलाई फाजिलमा राखेको छ। सरकारको यो अविवेकपूर्ण निर्णयका कारण मलेरिया नियन्त्रणका क्षेत्रमा काम सून्य हुने निश्चित भएको छ। यो स्वास्थ्य सुधारका क्षेत्रमा ठूलो चुनौतिको बिषय हो। संघीयताका नाममा सरकारले स्वास्थ्य क्षेत्रका चिकित्सक, कर्मचारीहरूलाई बिना अध्ययन र बिना योजना नीजामति सेवाका कर्मचारीहरूलाई जस्तो फाजिलमा राख्दा निकै ठूलो समस्या निम्तिएको छ।

सेवा विस्तारका लागि पहिला जिल्लामा मात्र मलेरियाको परिक्षण हु“दै आएकोमा तालिम प्राप्त स्वास्थ्य कर्मीहरूका साथ हेल्थपोष्ट सम्म मलेरिया परिक्षण गर्ने किट पुर्याएर सुविधा प्रदान गर्दै आएको अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी फाजिलमा राखिनु अदुरदर्शी कार्य हो। यसले चुनौति थपिनुका साथै कार्यक्रम प्रभावकारी हुन नसकेको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको ठम्याई छ। तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा रोगको निदान र पहिचान हुन सकेको छैन र समयमा सूचना समेत नआएकाले यो रोग एक व्यक्तिबाट अर्कोमा सर्ने खतरा बढ्दो रहेको पनि दिवस मनाईरहने क्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक रूपमै जानकारी गराएको छ।

सरकारले समय सापेक्ष निर्णय नगर्दा बजारमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड नै पुरा नभएका सामान बोकेर मलेरिया परिक्षण र औषधि विक्रि गर्नेहरूको विगविगी चलेको छ। यस्ता सामग्रीको अनुगमन र निणन्ण गर्नु सरकारका लागि थप चुनौतिको बिषय बनेको छ। मलेरिया नियन्त्रणका लागि माग बढ्दो छ सरकारको ध्यान नपुग्दा उपचारका साथै बिगतका बर्षमा छर्कदै आएको बिषादी छर्कने सम्म बजेट छैन। यस क्षेत्रमा सहयोग पुर्याउ“दै आएको ग्लोबल फन्ट टीबी एण्ड मलेरिया मुख्य स्रोतकर्ताले सहयोग स्रोत नै घटाएको छ। सरकारले बजेट बढाउन सकेको छैन। आउ“दो बर्षको स्वास्थ्यको बजेट विगत बर्ष भन्दा कम सिलिङमा भएको पनि सार्वजनिक गरियो।

नेपालमा बसाई सराईको क्रम बढ्दो भएका कारण ७० प्रतिशत जनसंख्या मलेरिया प्रभावित क्षेत्रमा बसोबास गर्छन्। यो जनसंख्यामा ७०प्रतिशतको हाराहारीमा बालबालिका रहेको पनि डा.विवेककुमार झा बताउनुहुन्छ। जतिबेला डा.रोन सरेगनले औलो (मलेरिया) पत्ता लगाए त्यतिबेला नेपालमा यति धेरै घना वस्ती, यातायात थिएनन्। त्यसैले ४ हजार मिटर माथि मात्र मलेरिया लाग्छ भनिएको थियो। आज वातावरणीय प्रभावका कारण नेपालको हिमाली भेगमा समेत मलेरियाको प्रकोप बढ्दो छ। औषधि पुग्न सकेको छैन। एउटा बिरामीले अर्कोलाई सार्ने क्रम बढ्दो छ। मलेरिया नियन्त्रण सरकारको प्राथमिकतामा पर्न सकेको छैन।

नेपालमा पछिल्लो समय स्वास्थ्य सेवा अत्यन्तै प्रभावकारी बन्दै गएको थियो। तर संघीयतामा गएपछि स्वास्थ्य सेवा सिकाईमै सिमीत भएको छ। स्वास्थ्य सेवामा आवश्यकता अनुसारको जनशक्ति छैनन् भएकालाई पनि यता र उता पारेको अवस्था छ। हुनुपर्ने जति बजेट र समन्वय छैन। झण्डै ३ दशक देखि सुचारु रूपमा चल्दै आएको सेवा जनशक्ति यतिबेला लथालिंग भएको अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ठम्याई छ।

यातायातका साधनले मानिसलाई एक ठाउ“बाट अर्को ठाउ“मा जान जति सजिलो बनाएको छ रोग पनि त्यति नै सजिलै स्तान्तरण भैरहेको छ। नेपालको खुल्ला सिमाना र स्वास्थ्यमा भएको व्यवास्ता नै मलेरियाको मूल बाटो भएको स्वास्थ्यकर्मीहरू बताउ“छन्। मलेरियाको उपचारका लागि समय अनुसार रणनीति बदलि“दा कार्यक्रम खुम्चिन पुगेको छ।

यो अवस्थामा निकै ध्यान पूर्वक काम गर्न र सबै पक्षलाई खबरदारी गर्दै सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको औषधिको सही सदुपयोग गराउ“न स्थानिय निकाय चनाखो भएर लाग्नुपर्छ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी भन्नुहुन्छ।
सन् २०२५ सम्म औलो मुक्त नेपाल बनाउने परिकल्पना बोकेको सरकारले आफैबाट शुरु गरौ, औलोलाई सुन्यमा पुर्याऔ. भन्ने नारा घन्काईरह“दा माथिका भनाईले सरकारलाई नै गिज्याई रहेको भान हुन्छ। नेपाल औलो रणनीतिक योजना २०१४ देखि २०२५ ले तय गरेका कार्यक्रम निकै व्यवहारिक र प्रभावकारी भए पनि कार्यान्वयनको पाटो सुस्त हुनुले लक्ष्य प्राप्तीमा चुनौति थपिएको छ।

औलो के हो र कसरी सर्छ ?
औलो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो। औलो लगोको व्यक्तिालई लामखुट्टेले टोक्दा रगतस“गै औलोको परजिवि पनि चुस्दछ र लामखुट्टे संक्रमित हुन जान्छ। यो एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट अर्को व्यक्तिमा औलो सर्दछ। औलोको मुख्य लक्ष्यण भनेको कामज्वरो आउने र पसिना छुट्ने हुन्छ। तर जनचेतना र उपचारको पहु“च ग्रामिण भेगसम्म पुग्नका लागि दक्ष जनशक्ति नै छैनन्। त्यसपछि बजेट छैन र औषधि पुगेगकै छैनन्। औलो नियन्त्रणका नीति कार्यक्रम जति सुन्दर छन् व्यवहारिक पक्ष उत्तिक निरास लाग्दो देखिन्छ।

कसरी बच्ने ?

– लामखुट्टेको टोकाईबाट जोगिने।
– झुलको प्रयोग गरेर मात्र सुत्ने।
– घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने।
– घरवरिपरि, गाउ“ समाजमा अनावश्यक झाडी हुन नदिने।
– सरसफाईमा विशेष ध्यान दिने।
– घरको झ्यालढोकाहरू सा“झ पर्नु अगाडि नै बन्द गर्ने।
– पुरा बाहुला भएको कपडा लगाउने।
– शरिरको खुल्ला भागमा मलम अर्थात तेल लगाउने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>