नवलपरासी

“समृद्ध जिवनको लागि समाजवाद” : उपाध्यक्ष थापा मगर

Banner

बैशाख २२, २०७६

पिता मान बहादूर थापामगर र माता हरिमाया थापामगरको कोखबाट बि सं २०२३ सालमा जन्मिएकी मंजू थापामगरको जन्म जितपूर उपमहानगरपालिका २१ अमलेखगंज हालको वाड नं ६ मा भएको हो । थापामगर संतानमा नवौ संतान पनि हुन् उनी । उनका आठ दाजू रहेका छन् । शिक्षामा स्नातकतह सम्म उत्रिण गर्न सफल थापा भविष्यमा (श्रम गर्ने श्रमिकको लागि जिफन्टले बोकेको लक्ष्य “समृद्ध जिवनको लागि समाजवाद”र राष्ट्रले बोकेको लक्ष्य सगै “समृद्ध नेपाल सुखि नेपाली” पूर्ण भएको हेर्ने इच्छा छ ।

हरेक क्षेत्रमा महिलालाई कसरी अगाडि बडाउन सकिन्छ भन्ने उदेश्यका साथ बि.सं २०४३ फाल्गून ९ गते नेपाल स्वतन्त्र मजदूर यूनियनमा लागेको उनको भनाई छ । हाल उनि नेपाल ल्यूब आयलमा कार्यरत छन् । श्रम क्षेत्रको लागि दिन रात नभनि काम गर्नै भन्छिन् उनी । नेपालमा मात्र नभएर इण्डिया, थाईलैण्ड, चाईना, जापान, इटाली, स्वीटजरल्याण्ड, जर्मन, डेनमार्क, स्वीडेन र बेनिन(पूर्वि अफ्रिका)। जिफन्टबाट प्रतिनिधित्व गर्न सफल उनै नेपाल ट्रेड यूनियन (जिफन्ट) का उपाध्यक्ष थापासंग गरिएको बिशेष कुराकानी :

१) प्रायः उद्योगहरुमा कार्यरत महिलाहरुलाई उद्योग परिसर भित्र काम गर्ने वातावरण हुँदैन भन्छन् नि ?

वातावरणको कुरा गर्दा महिला श्रमिकहरुलाई कार्यस्थलमा पहिलेकोभन्दा अहिले सहज नै छ भन्नु पर्छ । तर पनि कतिपय कार्यस्थल अझै महिला श्रमिकहरुको लागि उचित वातावरण सहज बनिसकेको देखिदैन । जस्तै निर्माण क्षेत्र, यातायात क्षेत्र आदि क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको लागि सहज वातावरण छैन । ती क्षेत्रमा ध्यान दिनु जरुरी छ ।

२) प्रतिष्ठान स्तरमा महिलाहरुले काम गरे बापत पुरुष सरह ज्याला पाउने गरेका छन् त ?

महिला श्रमिकको ज्यालाको बिषयमा औपचारिक क्षेत्र जस्तै कलकारखानामा काम गर्ने श्रमिक महिलाले पाउने ज्यालामा त्यति फरक देखिदैन अपवाद बाहेक । तर अनौपचारिक क्षेत्र जस्तै कृषि, निर्माण, यातायात लगायत अन्य क्षेत्रमा कार्यरत श्रमिकहरु म्हिला र पुरुषको बिचमा ज्यालाको असमानता अहिले सम्म कायम नै छ । औपचारिक अनौपचारिक दुबै क्षेत्रमा काम गर्ने महिला र पुरुष श्रमिकहरुका बीच रहेको ज्यालाको बिभेदलाई हटाउनु पर्छ । यो बिभेदलाई हटाउनको लागि मुख्य भूमिका ट्रेड यूनियन, रोजगारदाता र सरकारको रहन्छ र सबैको दायित्व र कर्तव्य भित्र नै पर्ने कुरा पनि हो ।

३) उद्योगधन्दामा कार्यरत महिलाको संख्या न्यून छ । महिला सहभागिताको लागि कस्तो पहल हुँदैछ ?

उद्योगधन्दामा कार्यरत महिला संख्या न्यून छ । मलाई याद छ अहिले पनि, हाम्रो संगठन जिफन्ट अंचल महिला कमिटीले १५ बर्ष अगाडी कलकारखानामा महिला संख्या कम हुनु भनेको महिलाले रोजगारीमा अवसर नपाउनु हो भन्ने निष्कर्ष निकालेर अब यस बिषयमा केही गर्नु पर्छ भनेर मिटिंग बसी मिटिंगबाट नै यस बिरगंज कोरिडोर भित्र जति कलकारखाना छ, सबैमा जाने र रोजगारदाता संग भेट गरी महिलालाई रोजगारी दिनु पर्यो भनि अनुरोध गर्ने भनि निर्णय नै पारित गरेर सबै कलकारखानाको कार्यालयमा जाने काम र अनुरोध पनि गरियो । तर प्रतिफल उही शुन्य । अहिले पनि महिला श्रमिकलाई काम दिनु भनेको ठूलो चुनौती मोल्नु हो ।

पुरुष सरह काम गर्न सक्दैनन् भन्ने जस्ता अविश्वासका सोचाईहरु जिउदै रहेको पाईन्छ । यद्यपी यो सोचाई सबै रोजगारदाता वा उद्योगपतिहरुमा छ भन्ने हैन । तर पनि यथार्थ त हो । महिला श्रमिक संख्या न्यून नै छ । शारिरिक रुपमा पुरुष र महिलामा भिन्नता हुनु प्राकृतिक कुरा हो । यसै बिषयलाई लिएर महिलाले काम गर्न सक्दैन भन्ने सोचाईमा परिवर्तन आउन जरुरी छ । अर्को पक्ष महिला संख्या र सहभागिताको लागि जसरी संबिधानमा राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला अनिवार्य सहभागिताको नीति लागू गरिएको छ । त्यसै गरि सरकारी, गैर सरकारी, अन्य संघ संस्था र कलकारखानामा कर्मचारी, श्रमिक भर्ना गर्दा महिलाको हकमा अनिवार्य तोकेर यति प्रतिशत कै हिसाबले भर्ना गर्नु पर्ने नीति बन्न जरुरी छ । अनि मात्र कार्यरत महिलाको संख्या र सहभागिता बढाउन सकिन्छ ।

४) उद्योगधन्दाहरुमा संचालकदेखि कार्यरत सम्म हेर्दा पुरुष बाहुल्यता छ । महिलाहरुको योग्यता न्यून भएर हो कि अवसरबाट बन्चित गराएर ?

उद्योगधन्दाहरुमा संचालकदेखि कार्यारत सबै पुरुष नै देखिन्छ । पुरुषकै बाहुल्यता जताततै छ । यसको मतलव यो हैन कि महिलाको योग्यता नै छैन । योग्यता दक्षता क्षमता देखाउनको लागि अवसरको खांचो हुन्छ । अवसर पायो भने महिला पुरुष दुबैले काम गरेर देखाउन सक्छन् । अर्को कुरा महिलालाई अवसरबाट बन्चित गराईन्छ भन्ने कुराको हकमा अहिले पनि पितृ सतात्तात्मक सोचाई हटिसकेको छैन ।

यदाकदा पितृ सतात्तात्मक सोंचको भूतको छायां हामीमा कहि न कहि रहेकै छ । पुरुषमा मात्र हैन, यो सोंच महिला पुरुष दुबैमा छ । महिलाले अवसरबाट बन्चित हुनुमा धैरै जसो यहिं सोंचको कारणले गर्दा महिलाहरु अवसरबाट बन्चित हुनु परेको हो । त्यसो हुंदा यी कुराहरुमा महिलाहरु अलि चनाखो हुनु पर्दछ । महिलाले उद्योगधन्दा मात्र हैन अवसर पायो भने कुनै पनि काम कोजिम्मेवारीलाई योग्यता, दक्षता, क्षमता र कुशलताका साथ सम्पन्न गर्न सक्छौ भन्ने विश्वासका साथ अघि बढ्नु पर्दछ ।“हामी गर्न सक्छौ”

५) महिलाको हक र अधिकारका कुरा गरिरहंदा महिला स्वयं आत्मनिर्भर बन्न के गर्नु पर्छ ?

सबैभन्दा पहिले म महिला हुं, मैले केही गर्न सक्दिन, मलाई बोल्न पनि आउंदैन, म बाट केही हुंदैन, म अरुको सहारा बिना एक पाईला पनि हिड्न सक्दिन भन्ने नकारात्मक सोंचलाई मन र दिमागबाट परै फाल्नु पर्दछ । आत्मनिर्भर भन्नु नै पहिले आफुलाई राम्रो संग पहिचान गर्नू, हो । अनि आत्मा (स्वयं आफुलाई) बलियो बनाउनु हो । आत्मनिर्भर भनेको बिश्वास गर्नु, सहयोग पाउनु, ढुक्क हुनु । मलाई (स्वयं) केहि पर्दा, मैले केहि गर्न सक्छु । मैले पाउंने हक अधिकारको बारेमा, मैले नै खोजिनीति नगरी वा पहल नगरी अरुले मलाई ल लैजाउ तिम्रो हक अधिकार भनेर दिदैन । त्यस कारण म स्वयं जागरुक हुनु पर्दछ । मैले स्वयंलाई बलियो बनाउनु पर्दछ । बलियो को अर्थ ज्यानले हैन, मानसिक रुपमा बलियो बन्नु पर्दछ ।

६) श्रम सम्बन्धी कानूनले महिलाहरुको लागि कस्तो व्यवस्था गरेको छ ? के श्रम कानून महिला मुखि छ त ?

श्रम ऐन २०७४ महिलाको लागि पहिलेको भन्दा राम्रो कानून आएको छ । अब यसलाई महिलामुखी नै भन्दा पनि हुन्छ । तर कार्यन्वयनमा भर गर्छ । पहिलेको श्रम ऐनमा पनि धेरै कुराहरु थिए श्रम ऐन २०७४ मा झन धेरै कुराहरु आएको छ । महिलाको लागि मातृत्व संरक्षणकै बिषयमा पनि राम्रो छ ।

हिजो सरकारी कार्यालय र प्राईभेट कार्यालयमा काम गर्ने महिलाको बिचमा सुत्केरी बिदा मै बिभेद थियो, अब छैन । अहिले ९८ दिन प्रसुती बिदा पाउने गर्भवती महिलालाई अवस्था हेरी सहज र उपयुक्त काम लगाउनु पर्ने हुन्छ । ७ महिना वा सो भन्दा बढी महिनाको गर्भपतन भयो भने सुत्केरी हुंदा सरह नै बिदा पाउने । त्यस्तै श्रीमति सुत्केरी हुंदा श्रीमानले १५ दिन प्रसुती स्याहार बिदा पाउने । आमा, बुवा, सासु,ससुरा मृत्यु हुंदाकिरिया बिदा पाउने । महिलालाई रात्री काममा लगाउंदा सुरक्षाको दृष्टिले यातायातको व्यवस्था गर्नु पर्ने जस्ता धेरै नियम कानूनहरु आएको छ । जब यी सबै लेखिएका ऐन नियम कानून कार्यान्वयनमा जान्छन् । तब महिला मुखिश्रम कानून भन्न सकिन्छ ।

७) ट्रेड यूनियन आन्दोलनमा महिलाको भुमिका र अवसर के के हुन् ?

ट्रेड यूनियन आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण छ । नेपालको ईतिहासमा हेर्ने हो भने २००३ सालमा बिराटनगर जुटमिलका श्रमिकहरुले आप्mनो हक हित र अधिकार पाउनको लागि आन्दोलन शुरु गरे । जुन आन्दोलनलाई नेपालको पहिलो श्रमिक आन्दोलन भनिन्छ । जसमा पुरुष मात्र हैन महिला श्रमिकहरुले पनि त्यतिकै आन्दोलनलाई सफल बनाउनको लागि सक्रिय सहभागि भएको पाईन्छ । टे्र्ड यूनियन आन्दोलनमा मात्र नभएर नेपालमा भएको जति पनि ठूला आन्दोलनहरु जस्तै प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र प्राप्तिको लागि गरिएको आन्दोलनमा सदैब महिलाहरु नै अगाडी देखिएका छन् । जसमा कलकारखानामा काम गर्ने श्रमिक महिलाको भूमिका शसक्त देखिएकोछ ।

बिश्वको कुनै पनि टे्र्ड युनियन आन्दोलन महिला बिना अगाडी बढ्न सक्दैन भन्ने तथ्यहरु आईसकेको छ । अवसरको कुरा गर्दा माथि कै प्रश्नहरुमा धेरै कुरा गरिसकेको छु । तर पनि टे्र्ड युनियनमा अवसरको कुरा अलि फरक छ । यहां आपैm काम गर्ने श्रमिक भएकोले श्रमिक महिलाको जिम्मेवारी अलि बढी हुन्छ जसलाई व्यवस्थापन गरेर जानको लागि अलि कठिन छ । जागिर, घर, बालबच्चा सबैको जिम्मेवारीलाई व्यवस्थापन गर्दै साथै ट््रेड युनियनको जिम्मेवारीलाई पनि पुरा गर्न निरन्तर अघि बढिरहेका छन् । उनिहरुलाई अवसर पनि पाएको छ । अन्य क्षेत्र भन्दा यो क्षेत्र गरि खानेको क्षेत्र भएकोले कठिन नै छ । कठिन हुंदा हुंदै पनि युनियनले दिएको अवसरलाई जिम्मेवारी पूर्वक पुरा गरिरहेका पनि छन् । चुनौतीलाई पार गर्दै अवसरको सदुपयोग गर्न जान्नु पर्दछ महिला श्रमिकले ।

८) नेपाल ट्रेड युनियन महासंघको उपाध्यक्ष जस्तो गरिमामय पदमा हुनुहुन्छ, । ट्रेड युनियनमा महिला सहभागिताको अवस्था र नेतृत्व तह के छ ?

जिफन्ट २०४६ साल श्रावण ५ गते ( ४ वटा केन्द्रिय संघहरु नेस्वमयु, नेस्वहोमयु, नेयास्वमसं., नेट्रेमयु मिलेर) स्थापना भएको हो । यी जिफन्ट संस्थापक सदस्य घटक संघहरु २०३६ र २०३७ सालमा गठन भएर श्रमिक बर्गको हक, हित र अधिकार प्राप्तीका लागि आन्दोलन अगाडी बढाउंदै आईरहेका थिए । हाल सम्म पनि ट्रेड युनियन आन्दोलन मै छन् ।

महासंघको पहिलो महाधिबेशनबाट निर्वाचित केन्द्रिय कमिटीमा महिलाको सहभागिता शून्य रह्यो । तर प्रतिष्ठानमा काम गर्ने महासंघको महिला श्रमिक सदस्यहरु त्यतिबेला पनि नभएको भने हैन । महासंघले महिला सहभागिता बृद्धि गर्नको लागि दोश्रो, तेश्रो महाधिवेशनबाट महिला नीति नै पारित गरि कमिटीमा शुरुमा ५ प्रतिशत महिला प्रतिनिधि हुनै पर्ने नीतिबाट शुरु गरेकोमा अहिले सातौ राष्ट्र्यि महाधिबेशन सम्म आईपुग्दा महासंघको राष्ट्रिय कमिटीमा ४० प्रतिशतभन्दा माथि महिलाहरु नेतृत्व तहमा छन् ।

नेपालमा सबैभन्दा पहिले नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आप्mनो हरेक संरचनामा आफुसंग सम्बद्ध घटक संघको हरेक संरचनामा अनिवार्य ३३ प्रतिशत महिला हुनै पर्ने भन्ने जेण्डर नीति नै पारित गर्यो । आज महासंघ र घटक संघको संरचनामा ३३ प्रतिशत महिलाको सहभागिता रहेकोछ ।

ट्रेड युनियनले गर्ब गर्ने अर्को पाटो भनेको जिफन्ट महिला मजदुर कमिटीको संयोजक क. बिद्या भण्डारी आज नेपाल राष्ट््को राष्ट्र्पति जस्तो गरिमामय पदमा हुनुहुन्छ । यस कारणले पनि नेपाल ट्र्ेड युनियन महासंघ (जिफन्ट)मा महिला सहभागिता धेरै राम्रो छ । जुन संगठनको नीति राम्रो हुन्छ, त्यो संगठनमा महिला पुरुष सबैको सहभागिता राम्रो हुन्छ । यद्यपि यहां महिला सहभागिताको कुरा हो । यति मै सिमित हुने हैन, अझै छरिएर रहेका जो संगठनमा संगठित हुन नसकेका श्रमिकहरुलाई संगठित गर्दै लाने र महिला श्रमिकहरुलाई नेतृत्व तहमा मात्र पुर्याउने हैन । उनीहरुलाई नेतृत्वदायि भूमिकाको लागि तालिम प्रशिक्षण दिदै ट्रेड युनियन आन्दोलनलाई शसक्त बनाउदै “समृद्ध जिवनको लागि समाजवाद” प्राप्ति तिर अघि बढ्नु पर्दछ ।

९) अन्त्यमा, तपाई महासंघको उपाध्यक्ष मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा समेत आप्mनो छवि सफल बनाउन सफल हुनुहुन्छ । देश भित्र र बाहिर श्रमिक महिलाहरुमा के फरक पाउनु भएको छ ?

अन्तराष्ट्रिय जगत मै छवि बनाउन सफल भन्न त अलि नमिल्ला कि । किन कि यो मेरो पहिलो हो अन्तर्राट्रिय ट्रेड युनियनमा प्रतिनिधित्व त्यसो भएकोले छवि नै त बनाइसकेको छैन । म्भअझदभच द्द(ठ, द्दण्ज्ञड मा क्ष्त्ग्ऋ को चौथो महाधिबेशन डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको छ । त्यहि महाधिबेशनबाट दक्षिण एसियाको तर्फबाट मलाई क्ष्त्ग्ऋ न्भलभचब िऋयगलअष् िमा बैकल्पिक सदस्यमा निर्वाचित गरिएको छ । मलाई अन्तर्राष्ट्रिय टे्र्ड युनियनमा प्रतिनिधित्वको लागि पठाएकोमा नेपाल टे्र्ड युनियन महासंघ (जिफन्ट) का सम्पूर्ण आदरणिय नेतृत्व वर्गलाई धन्यबाद भन्न चाहन्छु । साथै जिफन्टका सम्पूर्ण सदस्य साथीहरुलाई पनि धन्यबाद भन्न चाहन्छु । किन कि वहांहरुको साथ र सहयोगले नै म यहां छु ।

म जुन जुन देशमा गए जिफन्टको प्रतिनिधि र सिंगो नेपालकै श्रमिक प्रतिनिधि कै रुपमा । विश्वमा जहां पनि श्रमिक भने पछि सबैको अवस्था उस्तै नभए पनि कतिपय समस्याका कुरा भने मिल्न जाँदा रहेछन् । विश्वकै श्रमिक सुविधा सम्पन्न भए किन समाचारमा श्रमिकले आज यो देश, त्यो देशमा आन्दोलन गर्दैछ भनेर सुन्नु पथ्र्यो होला र ? हैन त ? श्रमिक महिलाको कुरा गर्दा अहिले पनि केही देशहरु छन् ।

जहां महिला श्रमिकको समस्याहरु हाम्रो भन्दा फरक छैन । केहि त्यस्ता देश पनि छन जहां श्रमिक महिलाहरु सुविधा सम्पन्न छन् । अझ भन्नु पर्दा बिदेशी महिला वा पुरुष श्रमिकको सोचाईमा नेपालका श्रमिकहरु भाग्यमानी भन्छन् । कारण श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ ले गर्दा जहां श्रमिकको लागि र श्रमिक भित्र कै महिला श्रमिकको लागि धेरै भन्दा धेरै सुविधाहरु प्राप्त गरेको छ भन्ने कुराले । यी दुबै ऐनले श्रमिक र श्रमिक महिला संबन्धि बुंदाहरु कार्यान्वयनमा जानेछ र व्यवहारमा लागू हुनेछ । अन्त्यमा श्रमिक दिवसको उपलक्ष्यमा सबै श्रमिकमा हार्दिक शुभकामना ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area