जोडिनुहोस
  • होमपेज
  • टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्किदै गरेकी पुष्पाको मृत्यु

टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्किदै गरेकी पुष्पाको मृत्यु

१९ वैशाख, बुटवल

टिपरको ठक्करबाट बुटवलको पाखापानीमा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु४५प ७२३४ नम्बरको स्कुटरलाई टिपरले ठक्कर दिंदा बुटवल उपमहानगरपालिका-१२ तामनगरकी १९ वर्षकी पुष्पा भण्डारीको मृत्यु भएको हो ।

उनी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस (ब्यबस्थापन संकाय) कक्षा १२ मा अध्ययनरत छात्रा हुन् । उनी परीक्षा दिएर बुबासँग स्कुटरमा घर फर्किदै थिइन् । स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले ठक्कर दिने लु२ख १९०३ नम्बरको टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

दोषिलाई तुुरुन्त कारबाहीको माग गर्दै अहिले सिद्धार्थ गौतमबुद्ध क्याम्पसका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

दोषिलाई तत्काल पक्राउ गरी कारबाही नगरे सडक नै ठप्प पारेर थप आन्दोलन गर्ने नेविसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ सभापति महेश शर्मा पौडेलले चेतावनी दिए ।

विद्यार्थीको प्रदर्शनले बुटवलको तामनगर क्षेत्रमा पूर्वपश्चिम राजमार्ग २ घण्टा अबरुद्ध भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका