अन्तर्राष्ट्रिय

अफगानिस्तानका बम विस्फोट, अमेरिकीसहित ५ को मृत्यु

Banner

काबुल- पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य छन् ।

बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।

पार्वान प्रान्तको बाग्राम जिल्लाको पुल ए बरिकमा भएको यस आत्मघाती आक्रमणमा बाटो हिँडिरहेका पाँच बटुवा पनि घाइते भएका अफगान जिल्ला प्रमुखले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।

स्थानीय समयानुसार सोमबार साँझ ५:४५ बजे सो आक्रमण भएको थियो । घाइते भएका सर्वसाधारणलाई नजिकैको सरकारी अस्पताल लगिएको प्रहरी प्रमुख नकिब खोहस्तिनीले जानकारी दिए ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५० किलोमिटर उत्तरमा रहेको बाग्राम हवाई अखाडा नजिकै अमेरिकी र नेटो सैन्य शिविर छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area