समाचार

३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

Banner

काठमाडौं, साउन १२ –

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>