Breaking News

अवरूद्ध नारायणगढ-बुटवल सडक २ बजेभित्र सञ्चालनमा आउने

Banner

परासी,असार १६-

गएरातिदेखि परेको पानीले डाइभर्सन बगाउदा बुटवल-नारायणगढ सडकखण्ड बिहानदेखि अवरुद्ध बनेको छ। पश्चिम नवलपरासीको सुनवलस्थित बडेरा र ज्यामिरेमा बनाइएको डाइभर्सन खहरे खोलामा आएको बाढीले बगाएको हो।

सडक विस्तारका क्रममा ती स्थानमा पुल निर्माण भइ रहेको छ। अवरूद्ध सडकको डाइभर्सन बनाउने काम भइरहेको र पानी नपरे २ बजेभित्र सडक सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। राजमार्ग भएर पूर्व पश्चिम जाने सवारीसाधनलाई भैरहवा परासी सडक हुँदै आवतजावत गराइएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>