Breaking News

राजनीतिक घटनाक्रमको बारेमा विपक्षी गठबन्धनले सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै

Banner

काठमाडौं, असार १० –

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार विभिन्न मिडियाका सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा वरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् ।

आज दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बताए । उनका अनुुसार कांग्रेस सभापति देउवा निवासमा बुधबार साँझ बसेका पाँच दलीय गठबन्धनको बैठकले सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध नागरिक समाज, बुद्धिजीवीलगायतसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । उनीहरुको सल्लाह अनुसार पाँच दलीय गठबन्धनले आगामी कार्यक्रमहरु तय भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सरकारमाथि दवाव बढाउने रणनीति लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>