Breaking News

आयोगमै पुगेर ३० नेताको हस्ताक्षर: जसपा आधिकारिकताको लागि यादव पक्षको दावी

Banner

काठमाडौं, असार ४ –

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता दावी गरेको छ ।

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आयोगमै पुगेर हस्ताक्षरसहित आधिकारिकता दावी गरेका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दावी गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>