चितवन विशेष

नारायणी किनारमा बेवारिसे सडक मानवलाई खाना खुवाउँदै ब्लड डोनर्स सोसाइटी

Banner

चितवन, जेठ १४–

कोरोना भाइरसका कारण गरिएको लकडाउनले प्रभावित बनेका बेवारिसे व्यक्तिहरुलाई ब्लड डोनर्स सोसाइटी नेपालले खाना खुवाउने अभियान थालेको छ । सोसाइटीले निःशुल्क खाद्यान्न वितरण अभियान थालेको शुक्रबार ८ दिन पुरा भएको छ ।

विपन्न परिवारलाइ केहि सहज बनाउने उद्देश्यले चालेको अभियानले आठौ दिनमा नारायणी किनारमा करिव ३०० बेबारिसे सडक मानबहरुलाइ खाना खुवाएको छ । यस अभियानबाट करिव ६० घरपरिवारले राहत प्राप्त गरेका छन् भने ७०० भन्दा बढी बेबारिसे सडक मानवहरुलाइ खाना खुवाइसकेको छ ।

यस अभियानले चितवन, नवलपुर, तनहुँका विभिन्न प्रभावित ठाउँहरुमा सेवा दिदै आएको छ ।
अभियानका कार्यक्रम संयोजक अर्जुन अधिकारीले विभिन्न माध्यमबाट सहयोग गर्ने प्रति धन्यवाद प्रकट गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>