चितवन विशेष

प्रेस युनियन चितवनलाई अरुणा आयुर्वेद औषधालयको स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ १३–

कोरोना महामारीका बेला पनि अग्रभागमा रहेर खटिरहेका पत्रकारहरुलाई नारायणगढस्थित अरुणा आयुर्वेद औषधालयले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नेपाल प्रेस युनियन चितवन शाखालाई अरुणा आयुर्वेद औषधालयले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । पत्रकारहरु पनि अग्रभागमा रहेर जनतालाई सुसूचित गर्नु पर्ने अवस्थामा रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको औषधालयका संचालक बाल गोपाल श्रेष्ठले बताए । औषधालयको तर्फबाट एक हजार पिस मास्क, ५० थान एन ९५ मास्क,, ७० वटा स्यानिटाइजर लगाएत स्वास्थ्य सामग्री सहयोग गरिएको श्रेष्ठले जानकारी दिए । सो सामग्री नेपाल आयुर्वेद औषधी व्यवसाय संघ चितवनका वरिष्ठ उपाध्यक्ष समेत रहेका बाल गोपाल श्रेष्ठले प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई हस्तान्तरण गरे ।
प्रेस युनियनका अध्यक्ष ढकालले कोरोना महामारीमा पनि निरन्तर अग्रपंतीमा खटिने पत्रकारका लागि वितरण गरिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>