advertiesment

भ्याली स्टेट कलेजमा रक्तदान

चितवन, जेठ ३१–

भरतपुरस्थित भ्याली स्टेट कलेजमा विहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कलेजको बीबीए चौथो सेमेस्टरका विद्यार्थीहरुले विश्व रक्तदाता दिवसको अवसर पारेर आज खुल्ला रक्तदान कार्यक्रम गरेका हुन् ।

‘अरुका लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं’ भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायत ८७ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमलाई ‘युथ फर ब्लड चितवन’ र ‘हेल्प फर ह्याप्पीनेस’ संस्थाहरुले सहयोग गरेको थियो । कार्यक्रम कलेज संचालक गोपाल पराजुलीको प्रमुख आतिथ्यता एवंम कलेजकी प्रिन्सिपल जमुना श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Related News