advertiesment

चितवनको जुगेडीमा बुलेट बाईक दुर्घटनाः दुई जना र्घाईते

चितवन, जेठ ३१–

चितवनको जुगेडीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

आज (विहीबार) दिउँसो मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५१ प २३९५ नम्बरको बुलेट बाईक जुगेडी पुलमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुवै जना घाईते भएका हुन् । घाईते हुनेमा मोटरसाईकल चालक नवलपुरको गैंडाकोट–२ बस्ने वर्ष २१ का अस्मिन थापा र गैंडाकोट–५ बस्ने वर्ष २० का रविन थापा घाईते भएका छन् ।

घाईते चालकको अवस्था गम्भिर रहेको र पछाडी सवार थापाको अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ । उनीहरु दुवैको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

Related News